Comments Add Comment

सुखमय दाम्पत्यका लागि विवाह अघि यसरी लिने परामर्श

मंसिर लाग्दैछ । मंसिर महिना अर्थात विवाहको महिना । यही महिना कति नव-जोडी दाम्पत्य जीवनमा बाँधिदैछन् ।

पूर्विय संस्कारले विवाहलाई एउटा महत्वपूर्ण मोड मानेको छ । विवाहपछि दुई फरक पृष्टभूमीमा हुर्किएका युवा र युवती आपसमा एकाकार हुन्छन् । उनीहरु दम्पती बन्छन् । परिवार बन्छन् । हो, यही मोडमा पुगेपछि उनीहरुले जीवनलाई फरक आयममा हेर्नु र बुझ्नुपर्ने हुन्छ ।

पारिवारिक दायित्व बढ्छ । दुख-सुख आपसमा साझेदार गरेर दाम्पत्य सुख खोज्नुपर्ने हुन्छ ।

विवाह पछि श्रीमान्-श्रीमतीको रुपमा दुवैले कति कलात्मक जीवन बाँच्न सक्छ भन्ने कुरा उनीहरुको आपसी सोंच, चिन्तन, कार्यशैली आदिले निर्धारण गर्छ । त्यसैले विवाहअघि उनीहरु भावनात्मक रुपमा, व्यवहारिक रुपमा कति एकाकार हुन सक्छन् भन्ने कुराको ख्याल गर्नुपर्ने हुन्छ ।

विवाह गरिसकेपछि कसरी अगाडि बढ्ने ? एकअर्कासँग कस्तो व्यवहार गर्ने ? यावत् कुरामा पनि दुवैले ख्याल गर्नैपर्छ । अहिले यसैका लागि परामर्श लिने-दिने क्रम छ । यो भनेको, विवाहअघि सुखमय दाम्पतयका लागि लिने आवश्यक मार्गदर्शन हो ।

विवाहको परामर्श

वैवाहिक जीवनमा प्रेमले स्थिरता कायम राख्न यो कुरा तपाईलाई धेरै काम लाग्छ । अहिले दाम्पत्य सम्बन्धमा स्थीरता र एक अर्काको लागि धैर्य सकिँदै गएको छ, जसले गर्दा विवाह पछि श्रीमान्-श्रीमतीले एक अर्कालाई बुझ्नको सट्टा सानो सानो कुरामा झगडा गर्न थाल्छन् ।

नतिजास्वरुप कुरा एक अर्का बीच लगाव नहुनेसम्म पुग्न सक्छ । यस्तोमा अन्तरंग सम्बन्ध र त्यसलाई अटुट बनाउनको लागि विवाह भन्दा पहिले काउन्सिलिङ लिन आवश्यक छ । यसले दम्पतीहरुलाई हरेक कुरालाई राम्रोसँग बुझ्न मद्धत गर्छ ।

‘म्यारिज काउन्सिलर’ अहिले व्यवसायिक विज्ञ पनि हुन्छ, जसले नवविवाहित जोडी र विवाह गर्ने जोडी मिलेर आफ्नो समस्याहरु र शंकाहरुको समाधान पाउन सक्छन् ।

कैयांै पटक श्रीमान्-श्रीमतीको सम्बन्ध बेतुकका कुराहरुको कारण टुट्ने स्थितीमा पुग्न सक्छ किनभने विवाह पछि सम्बन्धलाई कसरी निभाउने भन्ने कुराको तालिम दिँइदैन ।

म्यारिज काउन्सिलिङ दुई कुरासँग जोडिएको हुन्छः पहिलो स्वास्थ्यसँग सम्बन्धित भने दोस्रो सम्बन्धसँग सम्बन्धित । काउन्सिलिङको क्रममा वैवाहिक जीवनमा आउन सक्ने सामान्य कठिनाइहरु त्यसबाट बच्ने उपायहरु र विवाहलाई सफल बनाउने जानकारी दिइन्छ ।

विवाह अघि स्वास्थ्य सम्बन्धि काउन्सिलिङ वैवाहिक जीवनमा काम आउँछ । त्यहाँ सम्बन्धसँग सम्बन्धित जानकारी हुनाले नवविवाहित नयाँ माहौलमा आँफैलाई सजिलैसँग एडजस्ट गर्छन् ।

परामर्शको फाइदा

विवाहलाई लिएर युवायुवती दुवैको मनमा शारीरिक बाहेक सम्बन्ध निभाउने सम्बन्धी पनि अनेक प्रश्नहरु उठ्छन् तर, त्यसको सहि जवाफ न त साथीहरुसँग हुन्छ न त परिवारका सदस्यसँग हुन्छ ।

यस्तोमा म्यारिज काउन्सिलर नै एक यस्ता पात्र हुन्छन् जसले उनीहरुको शंकाको समाधान गर्न सक्छ । दुवै पार्टनर जो एकअर्कासँग यी विषयमा कुरा गर्दा झर्को मान्छन् म्यारिज काउन्सिलिङ पछि उनीहरु एक अर्कासँग खुल्छन् र दुईजनाबीचमा प्रभावकारी संवाद स्थापित हुन्छ ।

विवाह एक यस्तो टर्निङ पोइन्ट हो जहाँबाट मानिसको जीवनशैली बिल्कुल बदलिन्छ । विवाह भन्दा पहिलेको काउन्सिलिङले वैवाहिक बन्धनमा बाँधिने तयारीमा रहेका जोडीलाई विवाहपछिको जीवनशैलीलाई र त्यस हिसाबले आँफैलाई ढाल्न मद्धत मिल्छ ।

विवाहपछि व्यवाहारिक रुपमा जब तपाईं प्रेमीप्रेमीकाबाट पतिपत्नी बन्नुहुन्छ त्यतिखेर घरेलु जिम्मेवारीलाई लिएर एक अर्का माथि गल्ती थोपर्नाले सम्बन्धमा फाटो आउन सक्छ । यस्तोमा कहिलेकाँही कुनै पार्टनर आफ्नो जिम्मेवारी उठाउन डराउन थाल्छन् ।

यस्तोमा जिम्मेवारीहरुलाई बुझ्ने र त्यसलाई सहि तरिकाले निभाउनको लागि म्यारिज काउन्सिलिङ धेरै जरुरी छ । विवाहको परामर्शको मद्धतले दुवै साथीले एकअर्काको जिम्मेवारीलाई राम्रो तरिकाले बुझ्न सक्छन् ।

म्यारिज काउन्सिलरले जोडीलाई भविष्यको बारेमा प्लानिङ गर्न जस्तै फ्यामिली प्लानिङ, घरका सदस्यहरुसँगको सम्बन्धको व्यवस्थापन, आर्थिक योजनाहरु बनाउन सहयोग गर्छन् । किनभने एक सफल वैवाहिक जीवनको लागि प्रेम मात्रै होइन व्यवहारिक सोच पनि आवश्यक हुन्छ ।

म्यारिज काउन्सिलरले जोडीलाई सकरात्मक कुराहरु मात्रै बताउँदैनन् । उनीहरुले यस्तो मुद्धा पनि उठाउँछन् जसको बारेमा मानिसहरु कुरा गर्न चाहँदैनन वा कुरा गर्न झर्को मान्छन् ।

जबकी विवाह गर्नभन्दा पहिले के साँच्चै तपाईं एक अर्काको लागि बन्नु भएको हो भन्ने बुझ्न जरुरी छ । के तपाईं भावनात्मक, शारीरिक, आर्थिक रुपमा साथ निभाउन सक्नुहुन्छ ? के सम्बन्धलाई लिएर दुवैजनाको सोच उस्तै छ ?

यी प्रश्नहरुको जवाफबाट साँच्चै तपाईं विवाहको लागी तयार हुनुहुन्छ वा हुनुहुँदैन भनेर थाहा पाउन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment