Comments Add Comment

‘बाजेको पेडा’ भन्दा कम छैन चुच्चेखोलाको खुवा !

३० कात्तिक, मकवानपुर । हेटौंडाको कान्तिराजपथ भएर राजधानीतिर यात्रा गर्दै हुनुहुन्छ भने चुच्चेखोलामा एकछिन रोकिन करै लाग्छ । यहाँ लहरै रहेका झण्डै एक दर्जन पसलहरुमा बिहानदेखि बेलुकैसम्म खुवा (कुराउनी) पकाइन्छ, जसको मीठो बासना सडकसम्म फैलिएको हुन्छ ।

चुच्चेखोलाको खुवाको चर्चा हेटौंडामा मात्रै हैन, पोखरादेखि वीरगञ्ज, नरायणगढ र जनपुरसम्म छ । हेटौंडाको चुच्चेखोलामा तयार हुने खुवाको प्रमुख बजार पनि यिनै शहर हुन् । हेटौंडा पुगेकाहरुले चुच्चेखोलासम्म पुगेर कोसेली लैजाने प्रचलन पुरानै हो ।

कान्तिराजपथ हुँदै हेटौंडाको चुच्चेखोला पुग्दा सडकबाटै खुवा घोट्दै गरेका दृश्यहरु देखिन्छन् । यो बाटो हुँदै आवातजावत गर्नेलाई यहाँ नरोकिई सुख हुँदैन, किनभने पूर्वपपश्चिम राजमार्गमा बाजेको पेडा जस्तै चर्चा छ यहाँको खुवाको ।

सबैले चर्चा गर्ने खुवा एकपटक चाख्न धेरैलाई रहर नै हुन्छ । यसै कारण पनि मुख्य शहरभन्दा केही बाहिर भएपनि यहाँका खुवा व्यवसायीलाई बजारको कुनै पीर चिन्ता नै छैन ।

साँझ ८ बजे पनि २० वर्षीय युवक मोहन तिमिल्सिना पसलमा खुवा घोटिरहेका थिए, उनका बुबा सोमनाथले यो काम थालेको ३५ वर्ष बढी भयो । स्नातक तहको पढाइ सक्ने क्रममा रहेका मोहन विहान बेलुका पसलमा घरको व्यवसायमा सघाउँछन् ।

चुच्चेखोलमा सबैले देख्ने गरी आगो नै बालेर सफा र शुद्ध तवरले खुवा घोटिन्छ । यहाँ गाइको दूधबाट खुवाइ बनाइँदैन । किनभने गाईको दूधको खुवा खान पनि उत्ति स्वादिलो हुँदैन भने देख्न पनि त्यति राम्रो हुँदैन ।

यहाँ विहान ५ बजेबाटै खुवा घोट्ने काम सुरु हुन्छ । दूधलाई ३ चरणमा फरक–फरक चुल्होमा तताएपछि चौथो चरणमा मात्रै खुवा तयार हुन्छ । यो प्रक्रियमा एक चरणमा खुवा तयार गर्न २० मिनेट मात्रै लाग्छ । यहाँका अधिकांश पसलमा परिवारका सदस्यहरुले पालैपालो बसेर खुवा घोट्छन् ।

मोहन पनि विहान बेलुकी पसलमा खुवा घोट्न आइपुग्छन् । ‘एक पटक विदेशको लागि ट्राइ गर्छु, भएन भने यही खुवालाई अझ व्यवसायिक बनाएर मार्केटिङ गर्छु,’ उनले सुनाए, ‘अन्तिमको खुवा घोट्ने प्रक्रिया दाउराकै प्रयोगमा गर्नुपर्छ, दूध तताउने काम चाँही विद्युतीय प्रविधिबाट गर्न सकियो भने धेरै दुःख हुँदैन ।’

यो पनि पढ्नुहोस त्यो हेटौंडा, यो हेटौंडा !

मोहनको पसलमा उत्पादन हुने खुवा पोखरासम्म पुग्छ । दैनिक रुपमा बसमार्फत पोखरामा खुवा पठाउने गरिन्छ । हेटौंडा बाहिरका मिठाइ व्यवसायी र होटलहरुले चुच्चेखोलाको खुवा लैजान्छन् ।

चुच्चेखोलमा सबैले देख्ने गरी आगो नै बालेर सफा र शुद्ध तवरले खुवा घोटिन्छ । यहाँ गाइको दूधबाट खुवाइ बनाइँदैन । किनभने गाईको दूधको खुवा खान पनि उत्ति स्वादिलो हुँदैन भने देख्न पनि त्यति राम्रो हुँदैन । खुवा घोट्दा डढ्ने समस्याका कारण पनि गाईको दूधलाई चुच्चेखोलाका व्यवसायीले रोजेका छैनन् ।

अहिले भैंसी पाल्ने क्रम ह्वात्तै घटेको छ । विकासे प्रजातिका गाई पाल्ने क्रम बढ्दै गर्दा भैँसीको दूध पाउन मुस्किल हुन्छ । भैँसीले गाईको तुलनामा कम दूध दिने भएकाले किसानले पाल्नै छाडेका छन् । एउटा भैसी किन्न नै एक लाखसम्म खर्चिनुपर्ने भएपछि किसानले ठूलो खर्च गर्ने आँट पनि गर्न छाडेका छन् ।

त्यसैले यहाँका खुवा व्यवसायीले किसानलाई स्थानीय सहकारीमार्फत ऋण झिकिदिन्छन् । त्यसबाट भैँसी किन्न उत्प्रेरित गर्छन् । त्यसरी भैंसी किनेका किसानले सम्बन्धित खुवा पसलमै दूध बेच्छन् । ९० रुपैयाँ प्रतिलिटरमा भैँसीको दूध किनिन्छ ।

त्यही दूधको पैसाबाट केही महिनामा नै सहकारीको ऋण तिरेपछि किसानले भैंसी आफ्नो बनाउँछन् । भैंसीको दूध पाउनै छाडेपछि खुवा व्यवसायीले यस्तो उपाय लगाएका हुन् । यसबाट किसानले पनि दूधको मूल्य डेरीमा भन्दा राम्रो पाएका छन् भने जीविकाोपार्जनमा पनि खुवा पसल चलाउनेहरुको साथ पाएका छन् ।

यहाँ अहिले दर्जनभन्दा बढी खुवा पसलहरु सञ्चालनमा छन् । धेरैले दिनमा सय लिटरभन्दा बढी दूधको खुवा बनाउँछन् । चाडपर्वमा खुवको ब्यापार अझ धेरै बढ्छ ।

कोसेलीका रुपमा खुवा किन्नेको भिड यहाँ चाडपर्वमा अत्यधिक हुन्छ । यहाँका खुवा पसलले चाडबाडको समयमा दिनमा ५० देखि सय किलो खुवा विक्री गर्छन् । सामान्य दिनहरुमा दैनिक १० देखि १५ केजी खुवा बिकिरहेकै हुन्छ ।

यो पनि पढ्नुहोस किन बस्दैनन् हेटौंडामा पर्यटक ? राजमार्गमै निर्भर छन् होटल

चुच्चेखोला खुवाक लागि चर्चित छ । अब कान्तिराजपथ काठमाडौंसँग पुरै दुई लेनको कालोपत्रे सडकबाट जोडिँदैछ । यसका कारण अबको एक वर्षपछि यहाँ खुवाको कारोबार अहिलेको भन्दा दोब्ब्र हुने बताउँछन् व्यवसायीहरु ।

‘कान्तिराजपथमा नियमित सवारी चलेपछि यहाँ दैनिक थुप्रै सवारी रोकिन्छन्, यसले यहाँ खुवाको ब्यापार अझै धेरै चम्कँदैछ । यहाँको खुवाले काठमाडौंमा पनि चर्चा पाउँछ,’ सोमनाथ भन्छन्, ‘डेरीहरुले भैंसीको दूध छुट्याएर बेच्दैनन् । हामीलाई त्योबेला भैंसीको दूधको संकट पर्छ ।’


तस्वीरः शंकर गिरी

यो पनि पढ्नुहोस हेटौंडाको औद्योगिक उतारचढावः यसरी फर्कंदैछ दिन यो पनि पढ्नुहोस प्रदेश ३ को राजधानीबारे हेटौंडावासीको तर्क- काठमाडौंलाई मानिन्न, रसुवा लगे हुन्छ यो पनि पढ्नुहोस ‘म हेटौंडाको मात्रै मुख्यमन्त्री होइन’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment