+
+

प्राणघातक हेपाटाइटिस बीः कसलाई, किन लाग्छ ?

अनलाइनखबर अनलाइनखबर
२०७५ कात्तिक ३० गते १६:४५

परिवर्तिन जीवनशैली र स्वास्थ्यमा ध्यान नदिँदा कैयौँ प्रकारका स्वास्थ्य समस्या हुन्छन् । त्यसमा पनि एउटा यस्तो प्राणघातक रोगले धेरैलाई सताउन थालेको छ जसलाई एड्सभन्दा पनि खतरनाक मान्न थालिएको छ ।

विश्व स्वास्थ्य संगठनको अनुसन्धानले विश्वमा एड्सभन्दा बढी मानिसको मृत्यु हेपाटाटिस बीको कारण भइरहेको बताउँछ । शरीरमा एचबिभी भाइरस फैलिएपछि यो रोग लाग्ने गर्छ ।

यो रोगबाट संक्रमित  मानिसको रगत लिँदा वा यौनसम्पर्क गर्दा पनि यसको भाइरस फैलने गर्छ । र, यसले विस्तारै कलेजो फेल हुने वा क्यान्सरको रुप लिन थाल्छ ।

डा. शाह

के हो हेपाइटाइटिस बी ?

हेपाटाइटिस बी एक भाइरस हो । जसले कलेजोमा संक्रमण गर्छ । पहिलो सामान्य लाग्छ तर, यसले विस्तारै विकराल रुप लिँदै जान्छ । जसलाई एक्यूट हेपाटाइटिस पनि भनिन्छ ।

कहिलेकाँही संक्रमण लामो समयसमम रहन सक्छ । यसलाई क्रोनिक हेपाटाइसिस बी भनिन्छ । यसल लामो समयसम्म संक्रमित त पार्छ नै । यसका साथै कलेजोको पनि क्षति पुर्याइरहेको हुन्छ ।

भाइरस संक्रमित आमाबाट जन्मने शिशुमा क्रोनिक हेपाटाइटिस बी हुने अत्याधिक सम्भावना हुन्छ । अचम्मको कुरा के छ भने हेपाटाइटिस बी छ भन्ने कुरा लामो समयसम्म तपाईंलाई थाहा नै नहुन सक्छ ।

किनकी यसको लक्षण नदेखिने सम्भावना बढी हुन्छ । या देखिए पनि सामान्य फ्लुको हुन्छ । हेपाटाइटिस बी एक्यूट र क्रोनिक गरि दुई प्रकारका हुन्छन् ।

हेपाटाइटिस बीका लक्षण

– छाला र आँखाको रङ पहेलो हुँदै जान्छ ।
– खैरो र सुन्तला रङको पिसाव बग्न थाल्छ ।
– लामो समयसम्म विरामी भइराख्ने समस्या हुन्छ ।
– लगातार थकाइ लाग्छ र महिनौसम्म कमजोरीको महसुस हुन्छ ।
– मेट मिच्ने र पटक पटक उल्टी आउने समस्या हुन्छ ।
– पेट सुनिने समस्या हुन्छ ।
– नियमित टाउको दुख्ने गर्छ ।

यसका जोखिम

– हेपाटाइटिस बीको भाइरस संक्रमितको रगत अन्य व्यक्तिमा सार्दा यो रोग लाग्ने गर्छ ।
– संक्रमित महिलासँग कण्डमको प्रयोगविना शारीरिक सम्पर्क राख्दा पनि हेपाइटाइटिस बी लाग्छ ।
– संक्रमित व्यक्तिले प्रयोग गरेको इन्जेक्सन निर्मलिकरण नगरी प्रयोग गर्दा यो रोग सर्न गर्छ । त्यसैले जहिले पनि नयाँ इन्जेक्सनको मात्र प्रयोग गर्नु पर्छ ।
– संक्रमित व्यक्तिले प्रयोग गरेको टुथब्रसजस्ता सामग्री पनि प्रयोग गर्नु हुँदैन । यसो गर्दा पनि हेपाटाइटिस बी लाग्ने गर्छ ।
– संक्रमित आमाबाट जन्मीएको बच्चमा पनि हेपाटाइटिस वि भाइरस सर्न सक्छ । त्यसैले सबै गर्भवती महिलाले हेपाटाइटिस बीको अनिवार्य परिक्षण गर्न आवश्यक हुन्छ ।
-अंगालो मार्दा, चुम्बन गर्दा, खोक्दा वा साझा पेय पदार्थको प्रयोग गर्दा चाही यो रोग सर्दैन ।

कसरी बँच्ने ?
– शारीरिक सम्पर्क राख्दा जहिले पनि कण्डमको प्रयोग गर्न आवश्यक हुन्छ ।
– एक पटक प्रयोग भएको इन्जेक्सनका पनःप्रयोग गर्नु हुँदैन ।
– टूथब्रस, रेजरजस्ता सामग्रीको साझा प्रयोग गर्नु हुँदैन ।
– सकेसम्म ट्याटु हान्ने गर्नु हुँदैन । यदि खोपिहाले पनि विशेष ध्यान दिन जरुरी हुन्छ ।
– हेपाटाइटिस बीको लागि भ्याक्सिन संक्रमण रोक्ने सबैभन्दा प्रभावकारी उपाय हो । यो लागिसकेपछि ३, ४ वटा इन्जेक्सन लगाउनु पर्छ । यसले हेपााइटिस बिरुद्ध ९५ प्रतिशत काम गर्छ ।
– भ्याक्सिनले बीस बर्षसम्म सुरक्षा प्रदान गर्छ ।

लेखक हेपाटोलोजिस्ट हुन् 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Khusi
                                chhu

खुसी

Dukhi
                                chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?