Comments Add Comment

नेमारको विवादास्पद गोलबाट ब्राजिल विजयी

१ मंसिर, काठमाडौं । नेमारको विवादास्पद पेनाल्टी गोलमा ब्राजिलले उरुग्वेलाई १-० ले हराएको छ । मैत्रीपूर्ण खेलमा डिएगो लेक्सल्टरले डानिलनेलाई फल गरेपछि ब्राजिलले ७६ औं मिनेटमा पेनाल्टी पाएको थियो ।

पेनाल्टीको अवसरलाई नेमारले गोलमा परिणत गरे । यो नै जितको लागि निर्णायक बन्यो । रेफ्रीले पेनाल्टी दिएपछि केहीबेर विवाद भएको थियो ।

पछिल्ला १० भेटमा उरुग्वेले ब्राजिलविरुद्ध जित निकाल्न सकेको छै्रन ।

त्यस्तै अर्को मैत्रीपूर्ण खेलमा अर्जेन्टिनाले मेक्सिकोलाई २-० ले हरायो । फियोन्स मोरीको हेडर गोलमार्फत पहिलो हाफमा अर्जेन्टिनाले १-० को अग्रता लिएको थियो । दोस्रो हाफमा इसहाक ब्राजिलुएलाले आल्मघाती गोल गर्दा अर्जेन्टिना २-० ले विजयी भयो ।

अब अर्जेन्टिनाले बुधबार मेक्सिकोसँगै अर्को खेल खेल्ने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment