+
+
Shares

कटुवा पेस्तोलसहित तीन भारतीय पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७५ मंसिर १ गते १९:३३

१ मंसिर, इनरुवा । सुनसरीको दक्षिणवर्ती सीमा क्षेत्रबाट कटुवा पेस्तोलसहित आज तीन जना भारतीय नागरिकलाई सशस्त्र प्रहरीले पक्राउ गरेको छ ।

पक्राउपर्नेमा भारत विहार भीमनगर पञ्चायत वडा नं ४ बस्ने रञ्जीतकुमार मुखिया, जिल्ला सुपौल भवानीपुर–७ का १८ वर्षीय विवेक यादव र मोटरसाइकल चालक सुपौल जिल्ला सीतापुर बस्ने १७ वर्षीय सुमितकुमार गोइत रहेका छन् ।

कोशी गाउँपालिका–६ श्रीपुर र ८ हरिपुरबाट खटिएको सशस्त्र प्रहरीको टोलीले उनीहरूलाई कटुवा पेस्तोलसहित पक्राउ गरेको रहेको सुनसरीका प्रहरी नायब उपरीक्षक राजन अधिकारीले जानकारी दिए । चेकजाँचका क्रममा बिआर ५० एफ ३२०६ नम्बरको अपाची मोटरसाइकलको सिटमुनि लुकाएको अवस्थामा मुखियालाई कटुवा पेस्तोलसहित पक्राउ गरेको प्रहरीले जनाएको छ ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?