Comments Add Comment

जावलाखेलमाथि संकटाको सहज जित

३ मंसिर, काठमाडौं । सहिद स्मारक ए डिभिजन लिग फुटबलमा संकटा क्लबले जवलाखेल युथ क्लबमाथि सहज जित निकालेको छ ।

सोमबार ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको खेल मैदानमा भएको खेलमा दस खेलाडीमा सिमित संकटाले जावलाखेललाई २-० गोलअन्तरले पराजित भएको हो ।

खेलको १८औं मिनेटमा नै संकटाका विदेशी खेलाडी म्याक्श्वेल इलोन दोहोरो पहेलो कार्ड खाँदै मैदानबाट बाहिरिएसँगै दस खेलाडीमा सिमित भएको थियो । दुबै टिमले पहिलो हाफसम्म गोलरहित बराबरी खेलेका थिए । दोस्रो हाफमा संकटाले उत्कृष्ट प्रदर्शन गर्दै दुई गोल थप्न सक्यो ।

संकटाको जितमा दुबै गोल विदेशी खेलाडी सेडि्रक अबाले गोल गरे । खेलको ५७औं मिनेटमा उनले गोल गर्दै संकटालाई अग्रता दिलाएका थिए । खेलको ८५औं मिनेटमा सेडि्रकले अर्को गोल गर्दै टिमलाई २-० को महत्वपूर्ण जित दिलाए ।सुरुवाती समयमै दस खेलाडीमा सिमित भएको संकटामाथि जावलाखेलले कुनै चमत्कार गर्न सकेन । यो जावलाखेलको दोस्रो हार हो भने संकटा क्लबको लगातार दोस्रो जित हो ।

केही समयपछि एन्फा कम्प्लेक्सको खेल मैदानमै विभागीय टिम एपीएफ क्लबले फ्रेन्ड्स क्लबको सामना गर्दैछ । त्यस्तै, हलचोकमा दुई बजेर ३० मिनेटमा नै सुरु हुने अर्को खेलमा हिमालयन शेर्पा क्लबले सरस्वती युथ क्लबसँग प्रतिस्पर्धा गर्दैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment