Comments Add Comment

भारतीय केराको आयातमा प्रतिबन्ध लगाउन व्यवसायीको माग

३ मंसिर, काठमाडौं । भारतीय केराको आयातमा प्रतिबन्ध लगाउन माग गर्दै कंचनपुर देखि झापा सम्मका केरा कृषकले सरकारलाई ज्ञापन पत्र बुझाएका छन् ।

गुणस्तर समेत परीक्षण नगरी निर्बाध भारतीय केरा आयात भइरहेको भन्दै १० जिल्लाका केरा उत्पादक संघले कृषि तथा पशुपंक्षि विकास मन्त्री चक्रपा्रडी खनाललाई सोमबार सात बु्रदे ज्ञापन बुझाएका हुन् ।
ज्ञापन पत्रमा उनीहरुले मापदण्ड नै पुरा नगरी आर्थिक चलखेल गर्दै अबैधरुपमा भारतीय केरा आयात भइरहेको बताएका छन् ।

भारतीय केराको आयातले नेपाली केरा कृषकहरुले वर्षेनी करोडौंको नोक्सानी व्यहोर्नुपरेको उनीहरुको भनाइ छ ।

‘नेपालमा उत्पादनको अनुपातमा माग बढी भएर पनि भारत लगायतका मुलुकबाट विश्व व्यापार संगठनको प्रावधानमा टेकी विभिन्न कृषिजन्य उत्पादन आयात भइरहेको छ ।तथापि केराको हकमा मापदण्ड पुरा नगरी आर्थिक चलखेलको आधारमा अबवधरुपमा भारतीय केरा आयत भइरहेकोे छ’, ज्ञापन पत्रमा भनिएको छ ।

क्षेत्रिय प्लान्ट क्वारेन्टाईन हुदाहुदै बाहिरी रुपमा मात्र आखाले परीक्षण गरि केरा आयात गर्न दिइनु आपत्तिजनक भएको केरा कृषकले भनेका छन् ।

व्यवसायीले कैलाली, कंचनपुर र बारा लगायतका जिल्लाहरुमा केराको जोन बनाउनको लागि आवश्यक मापदण्ड पूरा भएकोले केराको जोन तथा सुपरजोन घोषणा गरी प्रधानमन्त्री कृषि आधुनीकरण परियोजना लागु गर्नुपर्ने माग अघि सारेका छन् ।

यस्तै कृषकलाई कृषि व्यवसायको लागि सहुलियत कृषि ऋणको व्यवस्था गरिनु पर्ने र हाल केरा व्यवसायमा प्रयोग भएको थोपा सिचाई प्रबिधिमा प्रयोग हुने पानीमा घुलनशिल मलको व्यवस्था गरिनु पर्ने उनीहरुको माग छ ।

भन्सारमा अन्डर बिल तथा अन्डर परिमाणको माध्यमबाट राजश्व छली भइरहेको भन्दै उनीहरले आलु, केरा तथा अन्य तरकारीको आयातमा अन्य अवैध वस्तु जस्तो मिठाई, कालो प्लाष्टिक व्याग, चिनी लगायतका बस्तुको आयात भइरहेकोलेे आयातित वस्तुमा कडाईका साथ जा्रच हुनुपर्ने तथा परीमाण यकिन गरी भन्सार छलिको अन्त्य गर्न माग गरेका छन् ।

ज्ञापन पत्र बुझ्दै कृषि मन्त्री खनालले भारतबाट आइरहेको केराको आयात घटाउनका लागि भन्सार दर बढाउने गृहकार्य भइरहेको जानकारी दिए ।

त्यसका लागि कसरी, कति मात्रामा बढाउने भनेर अर्थमन्त्री डा. युवराज खतिवडास्रग निरन्तर छलफल भइरहेको उनले बताए ।

अर्थमन्त्रीस्रग बिजकीकरणालाई हेरेर भारतबाट आयातित घ्युमा जस्तै भन्सारको दर रेट समायोजन गर्ने गृहकार्य भइरहेको उनको भनाइ छ ।

अहिले भारतबाट केरा आयात गर्दा ५ प्रतिशत भन्सार दर लाग्ने गरेको छ । केरा व्यवसायीले त्यसलाई बढाएर ३० प्रतिशत पुर्‍याउनु पर्ने माग गरेका छन् ।

त्यसो गर्दा भारतबाट आयातित केरामा प्रतिष्प्रर्धा गर्न सकिने र नेपाली केरा डम्पिङ्ग गुर्न पर्ने समस्या समाधान हुने उनीहरुको भनाइ छ ।

राज्यको नीति सहि हुने र नेपाली उत्पादनलाई प्रवर्धन गर्ने हो भने नेपाल केरामा गुजारा चलाउने अवस्थामा रहेको मन्त्री खनालले बताए ।

भन्सार समायोजन गर्ने, महंगो भए पनि स्वदेशी उत्पादनलाई प्रोत्साहन गर्ने र लागत मूल्य घटाउने बारे स्पष्ट नीतिको आवश्यकता रहेको भन्दै आफूले त्यसका लागि पहल गर्ने खनालको भनाइ थियो । ज्ञापन पत्रमा जिल्ला तह राष्टियस्तर केरा उत्पादक संगठनकाे हस्ताक्षर छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment