+
+

काठमाडौंमा रिभल्बरसहित २ जना पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७५ मंसिर ४ गते ९:४९

४ मंसिर, काठमाडौं । काठमाडौंको जडिबुटीबाट रिभल्बर र लागुऔषधसहित दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेहरुमा सर्लाहीको लालबन्दी-३ का २७ वर्षीय मनपुरण चौधरी र भुवन परियार छन् ।

उनीहरुलाई काठमाडौं महानगरपालिका ३२ जडिबुटी ढुंगेधारा नजिकबाट पक्राउ गरिएको महानगरीय प्रहरी परिसर टेकुका डिएसपी होमिन्द्र वोगटीले जानकारी दिए ।

उनीहरु सवार ज ११ प ४८६६ नम्बरको मोटरसाइकल रोकेर जाँच गर्दा रिभल्बर एक थान र लागुऔषध नाईट्रभेट ट्याब्लेट ८४० वटा बरामद भएको वोगटीले जानकारी दिए ।

भक्तपुर तर्फबाट मोटरसाइकलमा लागुऔषध कारोबारी आउँदैछन् भन्ने विशेष सूचनाको आधारमा बानेश्वर, कोटेश्वर र काँडाघारीको प्रहरी टोलीले भक्तपुरबाट काठमाडौं भित्रिने नाकाहरुमा चेकजाँच गरेका थिए ।

पक्राउ परेकाहरुलाई काठमाडौं जिल्ला अदालतबाट लागुऔषध र हातहतियार मुद्दामा पाँच दिनको म्याद थप गरी अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?