Comments Add Comment

सबैभन्दा बढी राजश्व कर बुझाउनेमा सिद्धार्थ शमशेर जबरा र सिप्रदी ट्रेडिङ

४ मंसिर, काठमाडौं । व्यक्तिगत आय अन्तर्गत सबैभन्दा बढी आम्दानी कर बुझाउने सिद्धार्थ शमशेर जबरा र व्यापार कम्पनी अन्तर्गत सिप्रदी ट्रेडिङ काठमाडौँमा आयोजित एक कार्यक्रमका बीच सम्मानित भएका छन । सिद्धार्थ शमशेर ज.ब.रा सिप्रदी ट्रेडिङ्ग प्रा.लि का कार्यकारी अध्यक्ष हुन् ।

सातौ राष्ट्रिय कर दिवसका अवसरमा काठमाडौँमा आयोजित एक कार्यक्रममा सिप्रदी र सिद्धार्थ शमशेर ज.ब.रालाई आन्तरिक राजश्व विभागले उक्त सम्मान गरेको हो । सिद्धार्थ आ.व. २०६८/६९, २०६९/७०, २०७१/७२, २०७२/७३ र २०७३/७४ सम्म लगातार ५ वर्ष उक्त सम्मान हासिल गर्न सफल भएका छन भने उनको कंम्पनि सिप्रदी पनि आ.व. २०६९/७०, २०६९/७०, २०७१/७२, २०७२/७३ र २०७३/७४ सम्म लगातार ४ वर्ष उक्त स्थान ओगट्न सफल रहेको छ ।

सिप्रदीका कार्यकारी अध्यक्ष साथै जबराले नेपालमा विभिन्न किसिमका व्यवसायहरुलाई संगठित एवं विस्तारित गराउन उल्लेख्य भूमिका निर्भाह गरेका छन् । नेपाली कर्पोरेट जगतमा एक युवा आयाम मानिने सिद्धार्थ, सन् २००१ मा विश्व आर्थिक फोरम, डावोस द्वारा “ग्लोबल लिडर फर टुमरो” का रूपमा सम्मानित भएका थिए ।

राणा शिक्षा, आर्थिक विकास, सम्पदा सुरक्षा र वन्यजन्तु संरक्षणका क्षेत्रमा आफुलाई एक प्रतिबद्द व्यक्तित्वका रूपमा चिनाउन सफल रही आएका छन् । नेपालका ग्रामिण भेगमा स्वास्थ्य र शिक्षा क्षेत्रमा कार्यरत “हेल्प नेपाल नेटवर्क” लाई उनले व्यक्तिगत रूपमा सबै भन्दा धेरै एकल दान प्रदान गरेका छन् ।

बिगत ७ वर्षमा पाँचौ पटक अधिक्तम आय कर बुझाउने ताज राणाले पहिरिएका छन् । सिप्रदीले विगत ३७ वर्षदेखि नेपालमा सवारी र सहयोगी व्यवसायमा प्रमुख भुमिका निर्बाह गर्दै आइरहेको छ ।

सन् २०१७ मा आन्तरिक राजश्व विभागले नेपालमा पहिलो पटक केन्द्रिय मौद्रिक बिलिंग प्रणालीलाई आत्मसाथ गर्ने र कारोबार विवरण सरकारी निगरानी प्रणालीमा ल्याउने कम्पनीको रूपमा पनि सिप्रदीलाई सम्मान गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment