Comments Add Comment

सरकारले भन्यो : राष्ट्रपति र उपराष्ट्रपतिलाई विवादमा नपारौं

६ मंसिर, काठमाडौं । सरकारले राष्ट्रपतिका लागि सवारी खरिद र राष्ट्रपति तथा र उपराष्ट्रपतिको कार्यालय व्यवस्थापनबारे आफ्ना निर्णयको बचाउ गरेको छ ।

बिहीबार सरकारका प्रवक्ता एवं सञ्चारमन्त्री गोकुल बास्कोटाले पत्रकार सम्मेलन गरी राष्ट्रपतिको सवारी र कार्यालय व्यवस्थापनलाई जोडेर भएका टिकाटिप्पणीप्रति सरकार जानकार रहेको बताए ।

कतिपयले जनअन्जानमा टिप्पणी गरेको तर, त्यसमा लोकतन्त्रिक गणतन्त्र मन नपराउनेहरुले भर्खरै स्थापित संस्थालाई बद्नाम गराउने र लोकतन्त्रलाई कमजोर बनाउन खोजेको उनले बताए ।

सम्मानित संस्थालाई विवादित गर्ने उद्देश्यले गाडीको विषय उठाइएको उनले बताए । १८ करोड एउटै गाडीको मूल्य नभई एउटा बुलेट प्रुफ गाडीसँगै अगुवा पछुवा, एम्बुलेन्स र वैकल्पिक व्यवस्थाका लागि भएको उनले बताए ।

राष्ट्रपति र उपराष्ट्रपतिले अहिलेसम्म सरकारसँग यस्तो चाहियो भनेर नमागेको भन्दै प्रवक्ता बास्कोटाले भने, ‘यो सरकारको आफ्नो कर्तव्यको विषय हो ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment