Comments Add Comment

सम्पादक बराल र देवकोटालाई ‘सानिमा बैंक पत्रकारिता पुरस्कार’

६ मंसिर, काठमाडौं । अनलाइनखबरका सम्पादक अरुण बराल ‘सानिमा बैंक पत्रकारिता पुरस्कार’बाट सम्मानित हुने भएका छन् ।

प्रेस काउन्सिलले बराल र नयाँ पत्रिका दैनिकका सम्पादक कृष्ण ज्वाला देवकोटालाई यो पुरस्कार प्रदान गर्ने निर्णय गरेको हो ।

पुरस्कारको राशी जनही २ लाख ५० हजार रुपैयाँ छ । यो पुरस्कार २४ मंसिरमा प्रदान गरिनेछ ।

कम्तिमा १० वर्षदेखि निरन्तर पत्रकारिता क्षेत्रमा निरन्तररुपमा सक्रिय दुईजना पत्रकारका लागि सानिमा बैंकले पुरस्कार कोष खडा गरेर काउन्सिललाई हस्तान्तरण गरेको प्रेस कान्सिलका कार्यवाहक अध्यक्ष किशोर श्रेष्ठले बताए ।

यो पुरस्कार प्रत्येक वर्ष दुई/दुई जनालाई प्रदान गरिने श्रेष्ठले बताए । यस पटक प्रिन्ट मिडिया र इलेक्ट्रोनिक मिडियालाई छनोट गरिएको र आगामी वर्षहरुमा मोफसललाई पनि समेटिने उनले बताए ।

पुरस्कार छनोट समितिमा प्रेस काउन्सिलका तर्फबाट किशोर श्रेष्ठ, नेपाल प्रेस इन्स्टिच्युटबाट तीर्थ कोइराला र नेपाल पत्रकार महासंघका अध्यक्ष गोविन्द आचार्यका साथै सानिमा बैंकका सीइओ भुवन दाहाल रहेका थिए ।

छनोट समितिले नेपालको अनलाइन पत्रकारिता र प्रिन्ट मिडियामा मौलिक योगदान पुर्‍याएका आधारमा बराल र देवकोटाको नाम छनोट गरेको श्रेष्ठले बताएका छन् ।

त्यसैगरी प्रेस काउन्सिल नेपालले काउन्सिलका संस्थापक अध्यक्ष सुरेन्द्रबहादुर बस्नेतका नाममा पनि पत्रकारिता पुरस्कार कोष निर्माणको तयारी गरिरहेको उनले जानकारी दिए ।

यो पनि पढ्नुहोस्

अनलाइनखबरकर्मी खड्काथोकी ‘युवा पत्रकारिता पुरस्कार’ का लागि छनोट

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment