७ मंसिर, काठमाडौं । पाकिस्तानको कराँचीस्थित चिनियाँ बाणिज्य दूताबासमा आतंकवादी आक्रमण भएको छ ।
घटनामा दुई सुरक्षाकर्मी मारिएका छन् भने अर्का एक घाइते भएका छन् । चिनियाँ कूटनीतिज्ञ भने सुरक्षित रहेको प्रहरीले बताएको छ ।
स्थानीयका अनुसार शुक्रबार ९ः३० बजे बाणिज्य दूताबास नजिकै विस्फोट भएको थियो । लगतै गोलाबारी सुरु भएको र रहेका सुरक्षाकर्मीले जवाफ कारबाही गरेका छन् ।
चार जना आक्रमणकारी दूताबासमा प्रवेश गर्न खोजेको तर, चेक प्वाइन्टमै सुरक्षाकर्मीले रोकेको बताइएको छ । उनीहरु मध्ये तीन जना मारिएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4