+
+
Shares

आर्सनलको संघर्षपूर्ण जित

अनलाइनखबर अनलाइनखबर
२०७५ मंसिर ९ गते २१:१३

काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा आर्सनलले बोर्नमाउथमाथि संघर्षपूर्ण जित हात पारेको छ ।

आइतबार राति भएको खेलमा आर्सनलले बोर्नमाउथलाई २-१ गोल अन्तरले हराएको हो । बोर्नमाउथको घरेलु मैदानमा भएको खेलमा आर्सनलले उपहार गोलबाट अग्रता लिएको थियो ।

लेर्माले आत्मघाती गोल गरे । तर, पहिलो हाफको इन्जुरी टाइममा जोसुआ किङले बोर्नमाउथका लागि बराबरी गोल गरे । दोस्रो हाफको ६७ औं मिनेटमा अबामियाङले गोल गर्दै आर्सनललाई २-१ को अग्रता दिलाए ।

घरेलु टोलीले अन्तिम मिनेटसम्म पनि खेलमा र्फकने प्रयास गरेको थियो तर, सफल भएन । जितसँगै १३ खेलबाट २७ अंक जोडेको आर्सनल पाँचौं स्थानमा छ भने २० अंक जोडेको बोर्नमाउथ अंक तालिकाको आठौं स्थानमा छ ।

Results

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?