+
+
Shares

सिड्नीमा अल्फाबिटा : नगरकोटमा ब्लुमाउन्टेन

अनलाइनखबर अनलाइनखबर
२०७५ मंसिर १० गते १२:१४

सिड्नी / झन्डै तिन दशकदेखि नेपालमा शैक्षिक् परामर्श तथा अंग्रेजी भाषा अध्यापन गराउँदै आएको अल्फा बिटा ग्रुपले आफ्नो ब्यबसायलार्इ अन्तर्रास्ट्रियकरण  गरेको छ ।

यहीँ शुक्रबार सिड्नीमा अल्फाबिटा ग्लोबल स्थापना गरेर नेपालको  शैक्षिक परामर्श सेवालार्इ अन्तर्रास्ट्रिय स्तरमा पु¥याइएको संचालक द्विराज शर्माले अनलाइनखबरलार्इ बताए ।

एक समारोहबीच न्यु साउथ वेल्स राज्यका लागि नेपालका महाबाणिज्यदूत दीपक खड्काले उद्घाटन गर्दै नेपालीहरुको ब्यबसाय बिस्तार हुनु खुशीको कुरा भएको बताए ।

कार्यक्रममा अस्ट्रेलियामा स्थापित ब्यबसायी तथा एनआरएनका अगुवाहरु मन के सी, गोवा कटवाल, महिन्द्र ओली, दिनेश पोखरेल, नन्दु गुरुङ, युबराज भट्टराई लगाएतको उपस्थितिमा उद्घाटन भएको अल्फाबिटा ग्लोबल सिड्नी शहरको केन्द्रमा स्थित ससेक्स स्ट्रीटमा रहेको छ ।

संचालक शर्माका अनुसार अल्फाबिटा इन्स्टिच्युटले नेपालबाट १३ वटा देशका २२७ विश्वविद्यालयमा अध्ययन गर्न जाने अन्तर्रास्ट्रिय विद्यार्थीलार्इ परामर्श तथा सेवा पु¥याउँदै आएको छ ।

प्रत्यक वर्ष कम्तिमा १ हजार ५ सय विद्यार्थी अल्फाबिटाबाट विदेशमा अध्ययन गर्न जान्छन , विगत दश वर्ष देखि आइएलटिएस र ५ वर्षदेखि पीटीइको टेस्ट सेन्टरका रुपमा पनि अल्फाबिटाले विद्यार्थी तथा परीक्षा आयोजक संस्थालार्इ सहयोग गर्दै आएको छ ।

वार्षिक रुपमा २० हजार विद्यार्थीलार्इ प्रत्यक्ष भाषा कक्षा  पढाउने ११ वोटा सेन्टरमार्फत ५० हजारलार्इ परामर्श दिने गरेको अल्फा बिटाले  २५० लार्इ नेपालमा रोजगारी सिर्जना गरेको छ ।

अल्फाबिटा ग्रुप अन्तर्गत नेपालमा फंशन सेन्टरको रुपमा अल्फा हाउस बेन्क्वेट, हिमालयन जाभासंगको सहकार्यमा अल्फा जाभा कफी सप खोलेको छ भने काठमाडौंको वानेश्वरमा आफ्नै भवनसहित रिएल स्टेट पनि संचालन गरेको छ ।

नेपाललार्इ अस्ट्रेलियासंगको नाता अझै बलियो बनाउन अल्फाबिटा ग्रुपले नगर कोटमा २५ रोपनीमा एक रिसोर्ट पनि निर्माण गर्दै छ ।

केही अस्ट्रेलियन नेपालीहरुको पनि लगानीमा रहने उक्त रिसोर्टको नाम ब्लुमाउन्टेन रिसोर्ट रहनेछ । सन्  २०२१ मा संचालन आउने गरी निर्माणकार्य सुरु भएको उक्त रिसोर्ट २५ रोपनी जमीनमा २५ वटा घरको एक गाउँ जस्तै हुनेछ ।

आधुनिक सबै सुबिधा सम्पन्न र नेपालको पूर्बी सबै हिमाल शृंखला देखिने उक्त स्थानमा विदेशबाट नेपालमा बिहेबारी गर्न जानेलार्इ विवाह मण्डप तथा जन्तीसहित आवास र यातायातको सुबिधा पनि मिलाउने परिकल्पना रहेको संचालक द्विराज शर्माले बताए ।

नगरकोट काठमाडौं शहर नजिकको सुन्दर पर्यटकीय पहाडी गन्तब्य हो भने ब्लुमाउन्टेन सिड्नी नजिकको त्यस्तै पर्यटकीय पहाडी गन्तब्य हो ।

सबै ब्यबसायको आधार शैक्षिक परामर्श नै बताउने उनी अस्ट्रेलियाको कार्यालयमार्फत ग्लोबल काम गर्ने, नेपाली कम्पनी पनि बहुरास्ट्रिय बनाउने सोचाइमा छन् ।

भबिष्यमा नेपालमा फर्किंदा काम लाग्ने बिषय अध्ययन गर्न प्रोत्साहन गर्ने तथा  दोश्रो पुस्ताका अस्ट्रेलियन तथा नेपाली विद्यार्थीलार्इ अध्ययन भ्रमण आदानप्रदान गर्दै  बसाइँसराइँमा पनि सहयोग गर्ने लक्ष रहेको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?