११ मंसिर, विराटनगर । नेपाल पत्रकार महासंघ मोरङको भवन व्यवस्थित गर्न आरति स्ट्रिप प्रालिले दुई लाख रुपैयाँ आर्थिक सहयोग गरेको छ ।
पत्रकार महासंघको थप पूर्वाधार निमार्णका लागि उद्योग सञ्चालक समितिका उपाध्यक्ष सञ्जिव सर्माले पत्रकार महासंघ मोरङका अध्यक्ष बन्धु पोखरेललाई दुई लाख रुपैयाँको चेक हस्तान्तरण गरेका हुन् ।
पत्रकार महासघंमा मंगलबार एक कार्यक्रमको आयोजना गरी मंहासघको भवन निर्माणमा थप सहयोग गर्ने उदेश्यले उनले महासंघलाई सहयोग उपलब्ध गराएको उपाध्यक्ष सर्माले बताए ।
पत्रकार महासंघका अध्यक्ष बन्धु पोखरेलले महासंघको भवनलाई थप व्यवस्थितगर्न थप पूर्वाधारको निमार्णको काम सुरु गरिएकाले त्यसका लागि सबैलाई सहयोग पुर्याउन आग्रह गरे ।
कार्यक्रममा उधोगका प्रसासकीय अधिकृत दिवश नेपालले औद्योगिक क्षेत्र संचालनका लागि पत्रकार जगतले गरेको सहयोग महत्पूर्ण रहेको चर्चा गरेका थिए ।
प्रतिक्रिया 4