१३ मंसिर, काठमाडौं । काठमाडौंको गोंगबुबाट तीन दिनअघि अपहरणपछि हत्या गरिएको बालकको शव म्हेपी पुलमुनि फोहोरको थुप्रोमा भेटिएको छ ।
पुलमुनि फोहोर थुपारिएको ठाउँमा जेब्रा झोलाभित्र ८ वर्षीय बालक प्रयास कुँवरको शव भेटिएको हो । महानगरीय प्रहरी वृत्त, महाराजगञ्जका डीएसपी फडिन्द्र प्रसाईंका अनुसार घटनामा संलग्न स्याङ्जाका मेहन्द्र सार्की पक्राउ परेका छन् ।
प्रसाईंले अनलाइनखबरसँग भने, ‘ हत्यापछि म्हेपीमा शव लुकाएको सूचनापछि त्यहाँ जाँदा बालकको शव भेटियो ।’ उनका अनुसार अहिले घटनास्थलमा मुचुल्का उठाउने काम भइरहेको छ ।
थप अनुसन्धान जारी छ ।
तस्वीरहरुः चन्द्र आले/अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4