+
+
Shares

बालक ‘अपहरणकारी’ को बयान-बुबा अस्पताल गएपछि चकलेट दिएर फकाएँ

अनलाइनखबर अनलाइनखबर
२०७५ मंसिर १३ गते १७:४४

१३ मंसिर, काठमाडौं । गोंगबुस्थित स्वस्तिका त्रिवेणी गेस्ट हाउसका सञ्चालक प्रवीणका कुँवरका ८ वर्षीय बालक प्रयासको अपहरणपछि हत्यामा उनकै सवारी चालकको संलग्नता देखिएको छ । कुँवरका सवारी चालक महेन्द्र एेसकेले दिएको बयानका आधारमा प्रहरीले म्हैपी पुलमुनि बालकको शव भेटेको हो ।

स्याङ्जा घर भएका एेसकेले प्रहरीसँग आफूले अपहरण र हत्या गरेको स्वीकारेका छन् ।

‘हिरासतमा ल्याएर सोधपुछ गर्ने क्रममा बिहीबार बिहान बच्चाको अपहरणपछि हत्या गरेको उसले स्वीकारेको छ,’ वृत्तका एक अधिकारीले भने, ‘लगत्तै, उसले भनेको ठाउँमा गएर हेर्दा शव भेटियो ।’

पीडित परिवारले दिएको उजुरीको आधारमा खोजतलास गर्ने क्रममा महानगरीय प्रहरी वृत्त, महाराजगञ्जले सार्कीलाई शंकाको घेरामा राखेको थियो । त्यसक्रममा उनलाई बुधबार पक्राउ गरेर हिरासतमा राखिएको थियो ।

प्रहरीका अनुसार एक महिना अघिदेखि मात्र सार्की त्यो गेस्ट हाउसका सञ्चालकको ड्राइभरका रुपमा काम गर्न थालेका थिए । तर, सुरुदेखि नै उनले ‘मन लगाएर’ काम गरेका थिएनन् ।

राम्रो काम नगरेको भन्दै होटल सञ्चालकले वेलावेला उनलाई झपार्ने गरेका थिए । कसुर स्वीकारिसकेपछि बयान दिने क्रममा एेसकेले भनेका छन्, ‘मालिकले मलाई निकालिदिन्छु भनेर पटकपटक गाली र धम्की दिने गरेका थिए ।’

उनले दिएको बयान अनुसार मंगलबार साँझ होटल सञ्चालक नियमित स्वास्थ्य जाँचका लागि निस्किने वित्तिकै उनले बालकलाई अपहरण गरेका थिए । ‘रेगुलर हेल्थ चेकअपका लागि जाने वित्तिकै चकलेट दिएर फकाएर लगेँ’, उनले भनेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?