Comments Add Comment

आशिरमानलाई प्रश्नः के तपाई इमरान हाश्मी बन्न खोज्या हो ?’

नायक आशिरमान देशराज जोशीले अहिलेसम्म २ वटा चलचित्रमा अभिनय गरे । त्यसमा पनि एउटा मात्र चलचित्र उनको रिलिज भएको छ । अर्को चलचित्र ‘ब्रेकअप’ रिलिज हुने क्रममा छ । तर, संयोग नै मान्नुपर्छ दुबै चलचित्रको गीतमा आशिरमानले नायिकासँग लिपलक गरेका छन् । पहिलो चलचित्र ‘ग्याङस्टार ब्लूज’मा आना शर्मासँग लिपलकको दृश्य दिएका आशिरमानले दोश्रो चलचित्र ‘ब्रेकअप’मा नायिका शिल्पा मास्केसँग लिपलकको दृश्य दिएका छन् । यसैले पनि उनलाई अब बलिउडका नायक इमरान हाश्मी बन्न खोजेको आरोप लागेको छ ।

आज आयोजित एक कार्यक्रममा उनलाई यही प्रश्न नै सोझियो । जसको जवाफमा उनले भने–‘मैले आफूलाई कोही अर्को हिरो बनाउनका लागि लिपलकको दृश्य दिएको होइन । दुबै चलचित्रमा त्यो कथाको माग थियो ।’ आशिरमानले २ वटा चलचित्रमा लिपलकको दृश्य दिदैमा यसो भनिहाल्न नमिल्ने बताए । आफूले यही दृश्य दिन्छु नै भनेर नदिएको पनि उनले बताए ।

आशिरमान पहिलो चलचित्रको असफलताले केही हच्किएका छन् । यसैले पनि उनका लागि यो दोश्रो चलचित्र चल्न आवश्यक छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment