Comments Add Comment

‘नछोपौ भने’ भन्दै प्रदिपले जसितालाई जुरुक्कै उचाले…

नायक प्रदिप खड्का र नायिका जसिता गुरुङले लगातार २ वटा चलचित्रमा अभिनय गरेका छन् । ‘लिलिबिली’बाट रुचाइएको यो जोडीलाई दर्शकले चाडै नै ‘लभ स्टेशन’मा पनि देख्न पाउनेछन् । यो जोडी शनिबार आयोजना भएको ‘कामना फिल्म अवार्ड’मा पुगेका थिए । तर, रमाइलो कुरा के हो भने अवार्डको रेड कार्पेटमा भने प्रदिप र जसिता एकसाथ देखिएनन् । उनीहरु छुट्टाछुट्टै अवार्डमा पुगे । कार्यक्रम संचालक भएकाले पनि प्रदिप अवार्डमा चाडै पुगेका थिए ।

कार्यक्रममा एकसाथ नदेखिएतापनि नायक खड्का र नायिका गुरुङ नृत्य प्रस्तुत गर्ने क्रममा भने स्टेजमा एकसाथ देखिए । उनीहरुले पहिलो पटक चलचित्र ‘लभ स्टेशन’को गीतमा नृत्य गरेका थिए । यो गीत सार्वजनिक रुपमा रिलिज भने भएको छैन । ‘नछोपौ भने’ बोलको गीतमा प्रदिप र जसिताले नृत्य गरे ।

गीत सकिदै गर्दा प्रदिपले जसितालाई जुरुक्कै उचाले र स्टेज पछाडि लिएर गए । प्रदिप र जसिताको जोडी दर्शकले रुचाएका छन् । चलचित्र बजारमा यी दुई प्रेम सम्बन्धमा रहेको चर्चा चलेपनि यी दुइले भने आफूहरुलाई मिल्ने साथी मात्र भएको बताउँछन् ।

तस्वीरः शंकर गिरी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment