+
+
Shares

ग्रेटर नेपालका लागि मर्न तयार छुः फणिन्द्र नेपाल

अनलाइनखबर अनलाइनखबर
२०७५ मंसिर १६ गते २०:१५

१६ मंसिर,  काठमाडौं । ग्रेटर नेपालको मुद्दामा विभिन्न राजनीतिक दलहरुका नेताले ऐक्यबद्धता जनाएका छन् । ग्रेटर नेपाल राष्ट्रवादी मोर्चाले आयोजना गरेको कार्यक्रममा उनीहरुले टिस्टादेखि सतलजसम्मको भूभाग नेपालको हुनुपर्ने बताए ।

मोर्चाले सुगौली सन्धी भएको आजको दिन -डिसेम्बर २) लाई कालो दिनको संज्ञा दिएको छ । यसै अवसरमा ‘बेलायतले छाडेपछि सुगौली सन्धिको हैसियत’ विषयक बहस कार्यक्रम आयोजना गरिएको हो ।

कार्यक्रमका प्रमुख अतिथि नेकपा मालेका महासचिव सीपी मैनालीले ग्रेटर नेपालको मुद्दा सबै नेपालीको साझा भएको र सबै राजनीतिक दलले यसलाई उठाउनुपर्ने बताए । नेपाली कांग्रेसका नेता लोकेश ढकालले ग्रेटर नेपाल मुद्दा उठाएकोमा मोर्चाप्रति कृतज्ञता व्यक्त गरे ।

कार्यक्रमबारे प्रकाश पार्दै मोर्चाका अध्यक्ष फणीन्द्र  नेपालले नेपाली सेनाले देशको रक्षार्थ ग्रेटर नेपाल मुद्दालाई उठाउन आह्वा गरे । उनले ग्रेटर नेपालको औचित्य र बैधानिकता पुष्टि गर्न नसके आत्मदाह गर्ने चुनौतीसमेत दिएका थिए ।

‘ग्रेटर नेपालको लागि मर्नसमेत तयार छु’ नेपालले भने ।

कार्यक्रममा बोल्दै ईन्टरनेशनल थिङ्क ट्यांकका सदस्य प्रेससागर पौडेलले यस मुद्दाप्रति आफु प्रतिबद्ध रहेको बताए । उनले नेपाली नेताहरुको दासताका कारण नै नेपालको राष्ट्रियता कमजोर भएको तर्क गरे । राप्रपाका केन्द्रीय सदस्य युवा नेता प्रकाश रिमालले नेपालीले नै बनाएको राष्ट्रवादी शक्ति निर्माण नभएसम्म सरकारी तवरबाट यो मुद्दा नउठ्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?