+
+
Shares

नेकपाको प्रदेश कमिटीः साना पार्टीका अध्यक्षदेखि पूर्वमन्त्रीका छोरासम्म

अनलाइनखबर अनलाइनखबर
२०७५ मंसिर १७ गते १९:१९

१७ मंसिर, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले सात वटै प्रदेश कमिटीको नाम टुँगो लगाएको छ ।

१२ मंसिरमा बसेको नेकपा सचिवालय बैठकले साविक एमाले र माओवादी केन्द्रबीच भागबन्दा गरेर अन्तिम नामावली सार्वजनिक गरेको हो । विभिन्न पार्टीबाट नेकपामा प्रवेश गरेका नेता, कार्यकर्ताले पनि प्रदेश कमिटीमा अवसर पाएका छन् ।

१३९० सदस्य रहेको सात वटा प्रदेश कमिटीमा ‘प्रतिष्ठित’ व्यक्तिदेखि साना पार्टीका केन्द्रीय अध्यक्षसम्म अटेका छन् ।सप्तरीका मोहमद स्लाम र भरत महतो प्रदेश २ कमिटी सदस्य चयन भएका छन् । नेकपामा प्रवेश गर्नुअघि स्लाम देशभक्त पार्टी र महतो राष्ट्रिय जनता दल (पिछडा वर्ग) का अध्यक्ष थिए ।

रौतहटका शम्भु शाह ‘लोकप्रिय व्यक्ति’को रुपमा प्रदेश सदस्य बन्न सफल भएका छन् । पर्साबाट प्रदेश सदस्य चयन भएका तेजप्रसाद सहनीको पूर्व हैसियत भने पूर्वमन्त्री मेघराज निषादको छोरा भनिएको छ । यस्तै, सुदुरपश्चिम प्रदेश कमिटीका सदस्य कर्ण कुँवरको पूर्व हैसियत ‘प्रतिष्ठित व्यक्ति’ हो ।

राष्ट्रियसभा सदस्य कोमल वली पाँच नम्बर प्रदेश कमिटीमा छन् । उनको पूर्व पार्टी हैसियत राप्रपा नेपालको केन्द्रीय सदस्य छ ।

राष्ट्रिय जनता पार्टीका केन्द्रीय उपाध्यक्ष ओमप्रकाश यादव, संघीय समाजवादी फोरमका केन्दीय सचिव दीपेन्द्र यादव, राप्रपा नेपालका सहायक महामन्त्री बाबुकाजी प्रधान, नेपाली काँग्रेस बाजुरा जिल्ला सभापति मानबहादुर रावल पनि नेकपाको प्रदेश कमिटी सदस्य बनेका छन् ।

नेकपा माले, नयाँ शक्ति पार्टी, फोरम लोकतान्त्रिक, राप्रपा, राजपा, संघीय समाजवादी फोरमका केन्दीय सदस्यहरू पनि नेकपा प्रदेश कमिटी सदस्य बनेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?