Comments Add Comment

व्यायाम गर्न नजान्दा शरीरलाई हानी

स्वास्थ्यको दृष्टिले व्यायामका कैयौं फाइदाहरु छन् । तर, अहिले हामी यस्तो जीवनशैलीमा घोटिएका छौं, जसमा नियमित व्यायामको लागि समय मिल्दैन ।

धेरै वर्षसम्म एकै तरिकाको जीवन व्यतित गर्नु विभिन्न किसिमका गम्भिर समस्याहरुको कारण बन्न सक्छ । यसमा शारीरिक स्थितीहरुको साथसाथै मानसिक स्थिती पनि पर्छन् ।

हाम्रो शरीरलाई दैनिक थोरै मात्रामा शारीरिक सकि्रयताको आवश्यकता हुन्छ । नियमित व्यायामले हाम्रो शारीरिक विकास बढाउँछ र हाम्रो समग्र उत्पादकत्वमा पनि वृद्धि हुन्छ ।

व्यायामका धेरै सकरात्मक पक्ष छन् भने केही नकरात्मक पक्ष छन् । व्यायामका नकरात्मक पक्षतिर भने कमै मानिसहरुको ध्यान जान्छन् । वास्तवमा अत्याधिक व्यायाले प्रजनन् स्वास्थ्यमा पनि दुष्प्रभाव पार्न सक्छ ।

व्यायामका सकरात्मक पक्षहरु

१. मुटुको स्वास्थयमा सुधार

हाम्रो मुटुको स्वास्थ्य सिधै हाम्रो शारीरिक सकि्रयतासँग जोडिएको हुन्छ । हामी जति शारीरिक रुपले जति त्यति नै मुटु स्वस्थ हुन्छ । जो मानिसहरु दैनिक शारीरिक रुपले धेरै सकि्रय हुँदैनन् उनीहरुलाई मुटुसँग जोडिएका विभिन्न रोगहरु लाग्न सक्छ ।

२. राम्रो निन्द्रा आउने

विभिन्न अध्ययनहरुबाट नियमित अभ्यास गर्ने मानिसहरुलाई रातमा निन्द्रा पनि राम्रो आउने प्रमाणित भएको छ । यस्तो यसकारण हुन्छ किनभने व्यायामको कारणले हाम्रो शरीरका सर्केडियन रिदम मजबुत हुन्छ जसले हामीलाई सक्रिय राख्न मद्धत गर्छ । यसै कारणले रातमा राम्रो निन्द्रा आउँछ ।

३. शारीरिक उर्जा बढ्छ

हामीमध्ये कैयौं मानिसहरुको मनमा व्यायामलाई लिएर कैयौं किसिमको भ्रमहरु हुन्छन् जस्तै व्यायामले हाम्रो शरीरको सबै उर्जा सोस्छ र तपाईं दिनभर कुनै काम गर्न पाउनुहुन्न । खासमा हुने यसको ठिक उल्टो हो ।

व्यायामको कारणले तपाईं दिनभर सकि्रय हुनुहुन्छ । किनभने व्यायामको क्रममा हाम्रो शरीरमा केही खास किसिमका हार्मोनहरु रिलिज हुन्छन् जसले हामीलाई दिनभर एक्टिभ बनाइराख्न मद्धत गर्छ ।

४. आत्मविश्वास बढाउँछ

नियमित रुपले व्यायाम गरेर तपाईं आफ्नो शरीरलाई त्यो पर्फेक्ट आकारमा ल्याउन सक्नुहुन्छ जस्तो तपाईं चाहनुहुन्छ । यसले आत्मविश्वास पनि बढ्छ । शरीरको उत्तम बनावट र सकरात्मक सोचको कारणले तपाईं आफ्नो घर वा कार्यालयमा पनि पहिलेभन्दा धेरै राम्रो तरिकाले काम गर्न सक्नुहुन्छ ।

धेरै व्यायाम गर्नुका बेफाइदा

नियमित व्यायाम गर्नुका धेरै फाइदाहरु छन् तर यसका केही बेफाइदा पनि छन् । यसैले शारीरिक सकि्रयतालाई नजरअन्दाज गर्नुभन्दा पनि व्यायाम गर्नुअघि अलि विचार गर्नुपर्छ । व्यायामसँग जोडिएका केही यस्त तथ्य पनि छन् जसले अत्यधिक कसरत गर्नाले शरीरमा नकरात्मक असर पनि पर्छ थाहा हुन्छ ।

१. महिलाहरुलाई हुन्छ गाह्रो

जब एक सामान्य महिलालाई लगातार ३ महिनाभन्दा धेरै समयसम्म सहि तरिकाले महिनावारी हुँदैन यस स्थितीलाई रजोरोध भनिन्छ । यो स्थिती तब पैदा हुन्छ ।

कैयौं महिलाहरुमा यो स्थिती यो कारणले पैदा हुन्छ किनभने उनीहरु शरीरलाई नियमित रुपले उर्जा प्रदान गर्नको लागि आवश्यक क्यालोरी प्रदान गर्ने चीजको सेवन नगरिकन धेरै समय व्यायाम गर्छन् ।

२. प्रजननमा असर

शरीरमा क्यालोरीको कमीको सिधा असर उर्वरतामा मात्रै होइन बरु महिलाहरुको योनैच्छामा पनि यसको प्रभाव पर्छ । यस बाहेक मोटोपनाले पनि यसमा महत्वपूर्ण भूमिका निभाउँछ । किनभने धेरै मोटी महिलाहरु तौल घटाउनको लागि कैयौपटक धेरै कठिन कसरत पनि गर्छन् जसले उनीहरुको उर्वरतामा नकरात्मक असर पर्छ ।

मोटोपनाको कारण शरीरमा एस्ट्रोजन हार्मोनको उत्पादन पनि बढ्छ जसले डिम्ब उत्पादन र महिनावारीलाई प्रभावित गर्छ र त्यससँगै बाँझोपनाको खतरा बढ्छ ।

यस्तै कम उमेरका केही महिलाहरु पनि धेरै कठिन व्यायाम गर्छन् जसले एस्ट्रोजनको स्तर बढ्छ र उनीहरुको महिनावारी चक्रमा बाधा पुर्याउँछ । यदि एस्ट्रोजनको स्तर धेरै परिवर्तन भयो भने गर्भधारण गर्नमा विभिन्न समस्याको सामना गर्नुपर्छ ।

महिलाहरुले प्रयोग गर्ने धेरैजसो गर्भनिरोधक औषधिहरुमा एस्ट्रोजनको स्तर धेरै हुन्छ । त्यसैले त्यसको सेवन गरेपछि महिलाहरु आँफैलाई गर्भवती हुनबाट रोक्न सक्छन् । धेरै व्यायामको कारणले पनि एस्ट्रोजनको स्तर बढ्छ । यसैले यदि कोही महिला गर्भधारण गर्न चाहन्छिन् भने उनीहरुलाई हेभी एक्सरसाइजबाट बँच्नुपर्छ । र, सामान्य दिनचर्याको पालना गर्नुपर्छ ।

३. पुरुषहरुको शुक्राणु संख्या घट्छ

 

पुरुषहरुमा हेभी व्यायामको कारण शरीरमा शुक्राणुको संख्यामा कमी आउन सक्छ । जुन सिधारुपमा उसको उर्वरतासँग जोडिएको हुन्छ । हामीमध्ये कैयौं यस्ता मानिसहरु छौं जो आफ्नो शरीरलाई मेन्टेन गर्नको लागि लामो समयसम्म कठिन व्यायाम अपनाउँछौं ।

यदि तपाईं अत्याधिक थकाउने कठिन व्यायाम गर्नुहुन्छ भने तपाईंंको शरीरमा जसले सामान्य ट्रेनिङ सेसन फलो गर्ने मानिसहरुमा भन्दा कम शुक्राणु संख्या हुने सम्भावना हुन्छ ।

लामो समयसम्म थकाउने कठिन व्यायाम गर्नाले न शुक्राणुको संख्यामा कमी आउने मात्रै नभई प्रजनन् क्षमतामा पनि कमी आउन सक्छ । त्यस्तै कडा प्रतिरक्षा व्यायाम सेसनले  फाइदा पुर्याउनको सट्टा नोक्सान पनि पुर्याउन सक्छ किनभने यसले शरीरमा टेस्टोस्टेरोनको उत्पादन बढ्छ ।

जसले पुरुषमा उर्वर क्षमता बढाउन काम गर्ने अन्य हार्मोनमा प्रतिकुल असर पुर्याउँछन् र तपाईंको महिलासाथीलाई गर्भधारण गर्नमा कठिनाइको सामना गर्नुपर्छ ।

के गर्ने ?

नियमित व्यायाम गर्नाको साथसाथै पर्याप्त पोषण पनि आवश्यक छ किनभने तपाईंको शरीरलाई नियमित रुपले क्यालोरी र पोषक तत्वको आवश्यकता पर्छ ।

खासगरी जब तपाईं एक्सरसाइजको क्रममा धेरै उर्जा गुमाउनुहुन्छ त्यतिखेर पुरुषले समयसमयमा आफ्नो स्पर्म काउन्टलाई चेक गरिरहनुपर्छ ।

त्यस्तै महिलाहरुले आफ्नो गर्भधारणको क्षमतालाई जाँच गराई रहनुपर्छ । यसले समस्याको समाधान गर्न र सामान्य जीवन जिउन मद्धत मिल्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment