+

सलाहको गोलमा लिभरपुल च्याम्पियन्स लिगको प्रिक्वाटरफाइनलमा

२०७५ मंसिर  २६ गते ५:४१ २०७५ मंसिर २६ गते ५:४१
सलाहको गोलमा लिभरपुल च्याम्पियन्स लिगको प्रिक्वाटरफाइनलमा

२६ मंसिर, काठमाडौं । मोहम्मद सलाहको गोलमा इंग्लिस क्लब लिभरपुल युईएफए च्याम्पियन्स लिग फुटबलको नकआउट चरणमा प्रवेश गरेको छ ।

मंगलबार राति भएको समूह सी को अन्तिम खेलमा लिभरपुलले नेपोलीलाई १–० गोलको जित निकाल्दै च्याम्पियन्स लिगको अन्तिम १६ मा स्थान बनाएको हो । लिभरपुललाई महत्वपूर्ण जित दिलाउन मोहम्मद सलाहले निर्णायक गोल गरे ।

खेलको ३४ औं मिनेटमा गोल गर्दै सलाहले लिभरपुललाई अग्रता दिलाएका थिए । पहिलो हाफमा एक गोलले अघि रहेको लिभरपुलले दोस्रो हाफमा पनि आफ्नो अग्रतालाई कायमै राख्दै जित हात पारेको हो । प्रिक्वाटरफाइनलमा प्रवेश गर्नका लागि लिभरपुललाई जित अनिबार्य थियो ।

नेपोली भने समूह चरणबाटै बाहिरिएको छ । ६ खेलबाट ९ अंक बनाएको लिभरपुलले समान खेलबाट ९ अंक नै बनाएको नेपोलीसँग हेड टु हेडमा अघि रहँदै अन्तिम १६ मा स्थान सुरक्षित गरेको हो ।

च्याम्पियन्स लिग

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय