Comments Add Comment

बामदेवलाई ओलीको जवाफः संविधानले मिल्दैन, नत्र दुईटा प्रधानमन्त्री बनाउन हुन्थ्यो

१ पुस, काठमाडौं । प्रधानमन्त्री एवम् नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष केपी शर्मा ओलीले दुई अध्यक्षबीच फाटो ल्याउने प्रयास भइरहेको बताएका छ ।

पार्टी सचिवालय सदस्य वामदेव गौतमले स्थायी कमिटीमा एउटा मात्र अध्यक्ष बनाउनुपर्ने प्रस्ताव राखेको भोलिपल्ट ओलीले दुई अध्यक्ष मिलेर पार्टी चलाउँदा सबै आश्चर्यमा परेको बताए । उनले भने, ‘त्यहाँ लडाइँ झगडा लगाउन सकिन्छ कि ? कुर्सी परपर सार्न सकिन्छ कि ? प्रयास त्यो हो ।’

‘म भन्दिन चाहन्छु, नेपालमा अचम्म हुन्छ । दुइटा अध्यक्षको अभ्यास हेर्नुस् कसरी अगाडि बढ्छ । संविधानले मिल्दैन, नत्र दुईटा प्रधानमन्त्री पनि बनाउन हुन्थ्यो’ उनले अघि भने ।

आफूहरुको संकल्प अधिकार कब्जा गर्ने नभई देशलाई रुपान्तरण गर्ने भएको भन्दै प्रधानमन्त्री ओलीले यसलाई भत्काउँछु भन्ने सपना नदेख्न आग्रह गरे । उनले भने, जीन्दगी जान्छ, खेर जान्छ । यो जनअभियान तलमाथि पर्दै पर्दैन ।’

तत्कालीन एमाले र माओवादीसम्वद्ध कानुन व्यवसायीहरुको एकता कार्यक्रममा प्रधानमन्त्री ओलीले सरकारविरुद्ध भयानक प्रचार युद्ध भइरहेको दाबी गरे ।

गणतन्त्रका सम्मानित संस्थामाथि लगातार आक्रमण भइरहेको भन्दै उनले भने, ‘राष्ट्रपतिले प्रहरीको ठाउँ लिन खोज्यो रे । हामीले होइन, शहरको बीचमा भएन भनेर तीन दशक अगाडि निर्णय गरेर पनौतीमा जग्गा लिएको छ ।’

१० वर्ष अगाडि भारतसँग तालिक केन्द्र निर्माण गर्ने सहमति भएको स्मरण गर्दै उनले भने, ‘अहिले राष्ट्रपति कुन पृष्ठभूमिको हो भन्ने हेरेर यस्तो प्रचारको विषय बनाइएको छ, यति अमर्यादित बनाइएको छ । यो राष्ट्रपतिविरुद्ध होइन, गणतन्त्रविरुद्ध हो । गणतन्त्रकविरुद्ध बोल्ने र राजतन्त्र फर्काउन सकिन्छ भनेर सपना देख्नेहरुलाई म भन्न चाहन्छु, त्यस्तो सपना नदेखे हुन्छ ।’

कार्यक्रममा नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मुलुकलाई समृद्ध बनाउने अभियानमा सकेको योगदान गर्न पार्टीका कानुन व्यवसायीहरुलाई आग्रह गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment