Comments Add Comment

बच्चाको लागि महत्वपूर्ण पौष्टिक तत्व र तीनका स्रोत

बच्चाको स्वास्थ्य सँधै बाबुआमाका लागि चासो र चिन्ताको विषय हुन्छ । आफ्ना बच्चाहरुले सानोतिनो रोग लाग्दा पनि उनीहरु अतालिन्छन् ।

तर, बच्चाहरुलाई कसरी स्वस्थ राख्ने भन्ने चाहिँ धेरै बाबुआमालाई जानकारी छैन । उनीहरु बिरामी भएपछि अस्पताल दौडाउँछन् तर, बिरामी हुन नदिन पर्याप्त सावधानी अपनाउँदैनन् ।

आफ्नो बच्चालाई पोषिलो खानेकुरामा बानी पारेर दिर्घकालिन रुपमा स्वस्थ राख्न सकिन्छ । तर, बालबालिकालाई एउटा मात्र पोषणले पुग्दैन । दर्जनौँ खाद्यपादार्थको प्रयोगपछि मात्र उनीहरुको सही ढंगले शरिरक तथा मानसिक विकास हुन्छ ।

जन्मेदेखि दुई वर्षसम्मको बच्चालाई स्तनपान अनिवार्य हुन्छ । स्तनपान गर्न छोडेपछि बच्चाको शरीरको तीव्र वृत्ति र विकासको लागि विभिन्न प्रकारका पोषणतत्वको आवश्यकता पर्छ । त्यसको लागि विशेषगरी माइक्रो र माइक्रोन्यूटि्रएन्ट भिटामिनको जरुरी हुन्छ ।

१. माइक्रोन्युटि्रएन्ट्स भिटामिन

कोशिकाको सामान्य गतिविधि र विकासका लागि भिटामिनको आवश्यकता हुन्छ । हरेक भिटामिनले शरीरमा महत्वपूर्ण काम गर्छन् । बच्चाको शमा भिटामिनको कमी भएमा कैयौँ प्रकारका स्वास्थ्य समस्या देखिने गर्छ । त्यतिमात्र नभएर विकासलाई पनि प्रभावित तुल्याउँछ ।

भिटामिन ए

हाडको विकासमा भिटामिन एको महत्वपूर्ण भूमिका हुन्छ । कोशिका निर्माण र विकासमा पनि यसले मद्दत पुर्‍याउँछ । यसले प्रतिरक्षा प्रणालीलाई बलियो बनाई संक्रमणबाट जोगाउने काम गर्छ । भिटामिन ए आँखाका लागि पनि निकै उपयोगी छ ।

भिटामिन एका स्रोत गाजर, शकरखण्ड, मेथी, ब्रो-काउली, बन्दाकोभी, माछाको तेल, अण्डाको पहेलो भाग, हरियो पात भएको तरकारी, मेथी आदि हुन् ।

भिटामिन-बी कम्प्लेक्स

भिटामिन बी कम्प्लेक्सले रेड ब्लड निर्माणमा मद्दत गर्छ । यसले शरीरका हरेक अंगमा अक्सिजन पुर्‍याउने काम गर्छ । शरीरका हरेक अंगले सही ढंगबाट काम गर्नका लागि अक्सीजन अनिवार्य हुन्छ । मेटाबोलिज्मको लागि पनि यो भिटामिन आवश्यक हुन्छ । भिटामिन बी कम्प्लेक्सको कमीले बच्चालाई एनिमियाको समस्या हुन्छ ।

अन्न, माछा, सीफुड, पोल्ट्री, मासु, अण्डा, दुधजन्य पदार्थलगायतमा भिटामिन बी कम्प्लेक्स पाइन्छ ।

भिटामिन-सी

भिटामिन-सीको कमीले बच्चाको प्रतिरक्षा प्रणाली कमजोर भएर जान्छ । यसको परिणाम छिट्टै या सजिलै बिभिन्न संक्रमणले आक्रमण गर्छन् । त्यसैले यो भिटामिनले बालबालिकाको प्रतिरक्षा प्रणालीलाई बलियो बनाई विभिन्न संक्रमणबाट बचाउने काम गर्छ । यसले गिजालाई पनि स्वस्थ राख्छ । त्यति मात्र नभएर रातो रक्तकोशिकाको निर्माण र मर्मतमा समेत महत्वपूर्ण भूमिका निर्वाह गर्छ । यसले रक्तनलीलाई शक्ति दिने काम पनि गर्छ । अझ महत्वपूर्ण काम भनेको यसले आइरन शरीरमा सञ्चित गर्नमा भूमिका खेल्छ ।

भिटमिन सीको स्रोतमा सुन्तला, कागतीलगायत अमिलो फल, स्टबेरी, टमाटर, आलु, खरबुजा, बन्दागोभी, काउली, पालुंगाे, आप, मेवा आदि पर्छन् ।

भिटामिन-डी

भिटामिन-डी बच्चाको सम्पूर्ण स्वास्थ्यको लागि आवश्यक हुन्छ । यसले शरीरमा क्याल्सियमको मात्रालाई नियन्त्रणमा राख्ने काम गर्छ । जसले पाचन प्रणालीको कार्यप्रणाली र हाडलाई पनि बलियो बनाउनको लागि बलियो हुन्छ । यसले शरीरको प्रतिरक्षा प्रणालीलाई बलियो बनाउन पनि भूमिका निर्वाह गर्छ ।

भिटामिन-डीको सबैभन्दा राम्रो स्रोत भनेको सूर्यको किरण नै हो । यसका साथै दूध, अण्डा, कुखुराको मासु, माछा आदिबाट पनि भिटामिन डि प्राप्त गर्न सकिन्छ ।

भिटामिन-ई

भिटामिन ईले रातो रक्तकोषा निर्माणमा सहयोगी भूमिका खेल्छ । समय नपुग्दै जन्मिएका बच्चाको शरीरमा भिटामिन इको मात्रा कमी हुन्छ । त्यस्तै, यस्ता बालबालिकालाई अतिरक्त रुपमा भिटामिन-ईयुक्त खाद्यपदार्थको सेवन गराउनुपर्ने हुन्छ, ताकि बच्चाको विकास प्रभावित नहोस । एलर्जीको रोकथाममा पनि यो उपयोगी हुन्छ ।

कलेजो, अण्डा, बदाम, ओखर,  हरियो पात भएको तरकारी, सखरखण्ड, आँप, कटुस आदिमा भिटामिन ई पाइन्छ ।

भिटामिन-के

हाडको निर्माण र मुटुरोगको रोकथामको लागि यो निकै उपयोगी भिटामिन हो । यसले बालबालिकालाई स्वासप्रश्वाससम्बन्धि संक्रमणबाट पनि बचाउने काम गर्छ ।

यसका स्रोतमा ब्रो-काउली, बन्दागोभी, काउली, हरियो पात भएको तरकारी, मेथी, माछा, अण्डा, कलेजो आदि रहेका छन् ।

आइरन

बच्चाको शरीरमा स्वस्थ रगतको निर्माण गर्नका लागि आइरन निकै महत्वपूर्ण तत्व हो । रगतको माध्ययमबाटै शरिरका सबै कोशिकामा अक्सीजन पुग्ने गर्छ । आइरनको कमीले एनिमिया, थकान हुनुका साथै कमजोरीको महशुस हुन्छ ।

यसको स्रोतमा रातो मासु, कलेजो, पोल्ट्री, अन्न, फलफुल, सुख्खा मेवा, मेथी र हरियो पात भएका तरकारी आदि छन् ।

क्याल्सियम

क्याल्सियमले बच्चाको हाड र दाँतलाई स्वास्थ राख्ने काम गर्छ । यसले रगत जम्नबाट रोक्नुको साथै पाचन प्रणाली, मांसपेशी र मुुटुको कार्यप्रणालीलाई चुस्त राख्ने काम गर्छ । त्यति मात्र नभएर क्याल्सियमले बच्चाको लम्बाई र हुर्काइमा सहयोग गर्छ । कुनै बच्चामा क्याल्सियमको कमी भएमा उसको मांसपेशीले राम्रोसँग काम गर्न सक्दैन ।

अण्डाको पहेलो भाग, ब्रोकाउली, हरियो पात भएको तरकारी, पालुंगो, मेथी र डेरी प्रोडक्टमा क्याल्सियम पाइन्छ ।

जिंक

जिंकले स्मरणशक्तिलाई बलियो बनाउने काम गर्छ । यसले भाइरस र रोग फैलाउने सुक्ष्म जिवाणुसँग लडेर बच्चाको प्रतिरक्षा प्रणालीलाई बलियो बनाउँदै लैजान्छ । शरीरको वृत्ति-विकासको लागि पनि यो आवश्यक हन्छ । यसले पाचन प्रणाली र मेटाबोलिज्मलाई सन्तुलित राख्नमा मद्दत गर्छ ।

यसको स्रोतमा फलफुल, अन्न, ड्राइफ्रुट्स, दुध आदि छन् ।

पोटासियम

शरिरका प्राय सबै कोष र अंगले सही ढंगबाट काम गर्नका लागि पोटासियमको आवश्यकता हुन्छ । यसले रक्तचापलाई सन्तुलित राख्नुका साथै मुटुलाई सुचारु गर्नमा पनि भूमिका खेल्छ । यसले मांसपेशीलाई पनि बलियो बनाउँछ र बच्चाको सक्रियता बढेर जान्छ ।

म्याग्नेसियम

म्याग्नेसियम कोशिकाको निर्माण र उर्जा उत्पन्न गर्नको लागि निकै आवश्यक हुन्छ । म्याग्नेसियमको पयाप्त सेवनले बच्चादाक्ष्ए मुटुको समस्याबाट पनि बचाउन सकिन्छ ।

यसको स्रोतमा अन्न, ब्राउन राईस, फलफुल, बदाम र सुख्खा मेवा आदि छन् ।

२. म्याक्रोन्युटि्रएन्ट्स

माइक्रोन्यूटि्रएन्ट्स यस्तो पदार्थ हो, जुन शरीरलाई अत्याधिक आवश्यकता हुन्छ । यो खानाको प्रमुख तत्व नै हो जसले शरीरलाई उर्जा दिने काम गर्छ ।

कार्वोहाइड्रेट

कार्वोहाइड्रेट शरीरलाई उर्जा प्रदान गर्नका निमित्त सबैभन्दा महत्वपूर्ण स्रोत हो । शरीरले बोसो र प्रोटिनको उपयोग गर्नमा  निम्ति पनि कार्वोहाइड्रेडले सहयोग गर्छ । कार्वोहाइड्रेडबाट फरक-फरक मात्रामा चिनी, स्टार्च र फाइबरसमेत प्राप्त हुने गर्छ । बच्चाले स्टार्च र फाइबर अत्याधिक र चिनी कम मात्रामा प्रयोग गर्नुपर्छ ।

कार्बोहाइड्रेडका स्रोतहरुमा रोटी, अन्न, चामल, पास्ता, आलु, शखरखण्डलगायत थुप्रै छन् ।

प्रोटिन

यसले शरीरका कोश निर्माणमा सहयोग गर्छ । साथै शरीरको उर्जा तोड्ने विभिन्न संक्रमणसँग लड्ने र अक्सीजनको सञ्चार गर्ने काम गर्छ । शरीरको विकास र मांसपेशीलाई स्वस्थ राख्नका लागि पनि यसको भूमिका हुन्छ । बच्चा र किशोरले दैनिक ४५ देखि ६० ग्राम प्रोटिनको सेवन गर्नु आवश्यक छ ।

प्रोटिनका स्रोतमा मासु, माछा, डेरी उत्पादन, सोयविन, फलफुल, दाल, मेवा आदि रहेका छन् ।

बोसो

बोसो पनि बच्चाको लागि उर्जाको राम्रो स्रोत हो । यो शरीरमा सजिलैसँग संग्रहित हुन्छ । बोसोले शरिरको अन्य कैयौँ पोषण तत्व उपयोग गर्नमा पनि सहयोगी भूमिका खेल्छ । घुलनशील भिटामिन शोषण गर्नको लागि यो निकै आवश्यक हुन्छ ।

दुध र दुधजन्य पदार्थ, माछा, मासु, सुख्खा मेवा, तेल, मख्खन, घ्यू, र फ्याटी फिस आदिमा बोसो पाइन्छ ।

(लेखक भारतस्थित सरोज सुपरस्पेसलिटी हस्पिटलका चिकित्सक हुन्)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment