+

किंग्स टी–१० इन्डोर क्रिकेटको टाइ–सिट ड्र सम्पन्न, २८ टोलीले प्रतिस्पर्धा गर्ने

२०८३ साउन  ३१ गते ११:२५ २०८३ साउन ३१ गते ११:२५

News Summary

Generated by OK AI. Editorially reviewed.
  • किंग्स टी–१० इन्डोर क्रिकेट प्रतियोगिताको पत्रकार सम्मेलन र टाइ–सिट ड्र शनिबार रोयल स्पोर्ट्स पार्कमा सम्पन्न भएको छ ।
  • भदौ १ देखि ५ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा विभिन्न क्षेत्रका २८ टोलीले कुल ५७ खेलमा प्रतिस्पर्धा गर्नेछन् ।
  • प्रतियोगिताको नारा स्वर्गीय निर्मल पुर्जाप्रति समर्पित गरिएको छ भने मुआ थाई फाइटर रजिना विष्टलाई ब्रान्ड एम्बेसडर नियुक्त गरिएको छ ।

३१ साउन, काठमाडौं । किंग्स टी–१० इन्डोर क्रिकेट प्रतियोगिताको पत्रकार सम्मेलन तथा टाइ–सिट ड्र कार्यक्रम शनिबार रोयल स्पोर्ट्स पार्कमा सम्पन्न भएको छ । कार्यक्रमसँगै प्रतियोगिताको समूह विभाजन तथा खेल संरचना सार्वजनिक गरिएको छ ।

प्रतियोगितामा विभिन्न क्षेत्रका २८ टोलीको सहभागिता रहनेछ । सहभागी टोलीलाई सात समूहमा विभाजन गरिएको छ । प्रत्येक समूहमा चार टोली रहेका छन् । प्रतियोगिता लिग कम नकआउट प्रणालीमा सञ्चालन हुनेछ ।

समूह चरणपछि छनोट हुने टोलीले राउन्ड अफ १६ मा स्थान बनाउनेछन् । त्यसपछि नकआउट चरण हुँदै प्रतियोगिताको विजेताको टुंगो लाग्नेछ । भदौ १ देखि ५ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा कुल ५७ खेल खेलाइने आयोजकले जनाएको छ ।

प्रतियोगिताको यस संस्करणको नारा ‘गिभिङ अप इज नट इन माई ब्लड सर, इट्स नट इन द ब्लड’ राखिएको छ । विश्वप्रसिद्ध नेपाली पर्वतारोही स्वर्गीय निर्मल पुर्जा ‘निम्सदाइ’प्रति सम्मानस्वरूप उक्त नारा समर्पित गरिएको आयोजकले जनाएको छ । हार नमान्ने साहस, दृढ संकल्प र चुनौतीसँग जुध्ने भावनालाई प्रतियोगिताको मुख्य प्रेरणा बनाइएको छ ।

किंग्स टी–१० इन्डोर क्रिकेट प्रतियोगिताको ब्रान्ड एम्बेसडरका रूपमा मुआ थाई फाइटर रजिना विष्ट रहेकी छन् । उनी थाइल्यान्डमा थाई महिला फाइटरलाई पराजित गर्ने पहिलो नेपाली महिला फाइटर हुन् । आयोजकले उनको साहस, संघर्ष र खेलप्रतिको समर्पणले प्रतियोगिताको भावना प्रतिनिधित्व गर्ने जनाएको छ ।

विभिन्न क्षेत्रका टोलीलाई एउटै प्रतियोगितामार्फत जोड्दै क्रिकेटसँगै आपसी सम्बन्ध, खेल भावना र क्रिकेट संस्कृतिको विकास गर्ने उद्देश्य प्रतियोगिताको रहेको आयोजकको भनाइ छ ।

प्रतियोगिताका फुड एन्ड हाइड्रेसन पार्टनर जोईज बर्गर, बैंकिङ पार्टनर महालक्ष्मी विकास बैंक, इन्टरटेनमेन्ट पार्टनर द वन्डरल्याण्ड, एजुकेसन पार्टनर फ्र्याङ्कलिन एजुकेसन कन्सल्ट्यान्सी, ट्राभल पार्टनर पाङोलिन ट्राभल्स र सपोर्टेड बाई पार्टनर लुम्बिनी विकास बैंक रहेका छन् ।

प्रतियोगिता किंग्स क्रिकेट एकेडेमी, रोयल स्पोर्ट्स पार्क र त्रिकल्प इभेन्ट्सको आयोजनामा हुन लागेको हो । प्रतियोगिताका संयोजक सिजन प्रसाईं तथा प्राविधिक प्रमुख रवीन्द्र गुप्ता रहेका छन् ।

टाइ–सिट ड्र तथा समूह विभाजन सम्पन्न भएसँगै २८ टोलीबीच पाँच दिनसम्म ५७ खेलमा प्रतिस्पर्धा हुने निश्चित भएको छ ।

किंग्स टी–१० इन्डोर क्रिकेट
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय