+
+
Shares

के भयो मेलिसालाई ?

अनलाइनखबर अनलाइनखबर
२०७५ पुष २ गते १५:०४
आधुनिक  गीत ‘के भयो र तिमीलाई’ सार्वजनिक भएको छ । डि प्रोडक्सनले तयार पारेको गीत र म्युजिक भिडियोलाई  देवेन्द्र क्षेत्रीले बजारमा ल्याएका हुन् । गीतमा स्वर राज सिग्देलको छ भने   संगीत अर्जुन पोखरेलको रहेको छ ।
क्षेत्रीकै शब्द रचना रहेको गीतको म्यूजिक भिडियोमा मेलिसा खतिवडा, पुरुषोत्तम भट्टराई, सुदीप पौडेल र रुबीना तामाङको अभिनय  छ । सरोज अधिकारीको छायांकन र निर्देशन रहेको भिडियोको सम्पादन भिम विश्वकर्माले गरेका छन् ।
क्षेत्रीको यो दोश्रो गीत हो । यसभन्दा अगाडि उनले प्रमोद खरेलको आवाजमा गल्ती भो नामक गीत बजारमा ल्याएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?