Comments Add Comment

आधा लाखले हेरे मेलबर्नको नेपाल महोत्सव(फोटो फिचर)

मेलबर्न/ शनिबार मेलबर्नमा भएको नेपाल महोत्सवमा झन्डै ५० हजार जना सहभागी भएको अनुमान गरिएको छ । आयोजकहरुले सार्बजनिक गरेको एक तथ्यांक अनुसार सबैभन्दा बढी सहभागी भएको ‘पिक आवर’मा झन्डै नौ हजार र दिनभरि गरेर पैचालिस हजारले मेलबर्न महोत्सव हेरेको जनाइएको छ ।

गैरआवासीय नेपाली संघ भिक्टोरियाको अायोजना तथा नेपाली दूतावास अस्ट्रेलिया, नेपाली महाबाणिज्य दूतावास भिक्टोरिया, भिक्टोरियास्थित नेपाली सामाजिक संस्थाको सहयोगमा आयोजना गरिएको यो महोत्सव निकै भब्य भएको सहभागीहरुले बताएका छन् ।

मेलबर्न महोत्सवमा भाग लिन नेपाली दूतावासको प्रतिनिधित्व गरेकी कार्यबहाक राजदूत द्रूपदा सापकोटाले भनिन-भिक्टोरियाको नेपाली समुदायले यो महोत्सवका लागि निकै मेहनत गरेको थियो ।

नेपाली मात्रै होइन दक्षिण एसियाली बहुसांस्कृतिक समुदायको उपस्थिति अर्को राम्रो पक्ष थियो । उनका अनुसार मेल्बर्नमै क्रियाशील कलाकारहरुको मेहनत र प्रस्तुति निकै राम्रो थियो र आयोजक टिम पनि निकै श्रीजनशील ।

उनले मेलबर्न महोत्सव हेरेपछि आफूलाई लागेको कुरा भनिन – अझै राम्रो गर्ने ठाउँ थियो भन्नु पर्ने भएन । सम्पूर्ण ब्यबस्थापन राम्रो थियो । भिक्टोरियामा गैरआवासीय नेपाली संघ भिक्टोरिया, नेपलिज असोसियसन अफ भिक्टोरिया लगायतका दुई प्रमुख संस्था र ती संस्थाका नेतृत्व ब्यबस्थापनमा खटेका थिए ।

सिटी अफ मेलबर्नदेखि मेलबर्नमा उच्च शिक्षा अध्यापन गराउने मेलबर्न इन्स्टिच्युट अफ टेक्नोलोजी (एम.आइ.टी)सम्म प्रायोजनमा जुटेका थिए ।

मेलबर्न महोत्सव अघि दुई नारा निकै चर्चित थिए – स्वोर्ग मिथ्या हो नेपाल सत्य’ र ‘एउटा देश धेरै कथाहरु’ यी दुई नारा यो महोत्सवले साबित गरेको छ ।

मेलबर्न महोत्सवमा सहभागी हुने गैरनेपालीलाई नेपाल यात्रा गर्ने उत्प्रेरणा मात्रै मिलेन ससानो नेपालसंग साक्षात्कार गर्ने अवसर पनि बन्यो नेपाल महोत्सव । यहाँ निर्माण गरिएको धरहराले धेरैलाइ भाबुक बनायो . स्वोयम्भु लगाएत नेपाली आस्थाका मुर्ति हरु महोत्सव स्थलमा राखिएका थिए ।

नेपाली भोजनका परिकार अर्को आकर्षण थियो । नेपालका विभिन्न जातिहरुका भेषभुषाको आकर्षणले नजिकै ठडिएको युरेका टावोरलाई चुनौती दिइरहेका थिए ।

महोत्सवस्थल फेडेरेसन स्क्वायरनजिकै बग्ने यारा नदी दिनभर र रातसम्म गुन्जेको नेपाली गीत संगीतसंग आफ्नो शान्त सुसाइ मिसाउँदै थियो ।

सिंगो मेलबर्नले मनाएको नेपाल महोत्सवको प्रचारप्रसार पनि कैयाैं हप्ता अघिदेखि सुरु भएको थियो । नेपालको रास्ट्रिय पुष्प लालिगुराँसको रातो थुंगामुनि बहुरंगी पत्रदल अंकित महोत्सबको मुख्य स्मृति चिन्ह निकै आकर्षक थियो ।

हजारौले आफ्नो सामाजिक संजालको प्रोफाइल तस्वीर बनाएको उक्त चिन्ह महोत्सव सकिएपछि पनि फेर्न अफ्ठेरो मानिरहेका छन् । मेलबर्न महोत्सवमा त्यहाँ स्थित भिक्टोरिया सरकारका प्रतिनिधि मात्रै होइन सिड्नी , ब्रिसबेनलगायतका शहरबाट पनि नेपालीहरुहरु पुगेका थिए ।

बिहानको नेपाल परेडमा गैरआवासीय नेपाली संघका पूर्वअध्यक्ष शेष घलेदेखि नेपालका चर्चित क्रिकेट खेलाडी सन्दीप लामिछानेसम्म सहभागी भएका थिए ।

औपचारिक समारोहमा भिक्टोरियाका संघीय जनसंख्यामन्त्री अलान तुजले भने गैरआवासीय नेपाली संघका पूर्वअध्यक्ष शेष घलेले औपचारिक समारोहमा भने – सुन्दर रुपमा ब्यबस्थित बहुसास्क्रित जनसंख्या अस्ट्रेलियाको भबिष्य हो । हामी नेपालमा हुँदा अस्ट्रेलियाको र अस्ट्रेलिया हुँदा नेपालका राजदूत हौ । यो सबै राजदूतहरुको जमघटलाइ शुभकामना छ  ।

भिक्टोरियाका लागि नेपालका महाबाणिज्यदूत चन्द्र योंजनले यो महोत्सव आयोजना गर्न खट्ने सबैलाई हृदयदेखि नै धन्यबाद दिए । गैरआवासीय नेपाली संघको ओसियाना क्षेत्रका संयोजक धर्मराज अधिकारीले अस्ट्रेलियामा भएर मातृभुमिको सम्झना गरिरहेकोमा धन्यबाद ब्यक्त गरे ।

कार्यक्रममा एनआरएन अस्ट्रेलियाका अध्यक्ष तोनु घोताने र नेपलिज एशोसिएसन अफ भिक्टोरियाका अध्यक्ष तारा गैरेलगायतले मन्तब्य दिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment