+
+
Shares

प्रधानन्यायाधीशमा सिफारिस राणाविरुद्ध उजुरी आह्वान

अनलाइनखबर अनलाइनखबर
२०७५ पुष ३ गते ९:०७

३ पुस, काठमाडौं । संसदीय सुनुवाइ समितिले प्रधानन्यायाधीशमा सिफारिस चोलेन्द्र समशेर राणाविरुद्ध उजुरी आह्वान गरेको छ ।

संवैधानिक परिषदले गत मंसिर २७ गते चोलेन्द्रको नाम प्रधानन्यायाधीशमा सिफारिस गरेको थियो । संवैधानिक प्रावधानअनुसार, प्रधानन्यायाधीशमा सिफारिस व्यक्तिबारे संसदीय सुनुवाइ हुनुपर्छ । यही व्यवस्था अनुसार, समितिले सुनुवाइ प्रक्रियाका लागि उजुरी आह्वान गरेको हो ।

समितिले राणा प्रधानन्यायाधीशमा नियुक्तिका लागि योग्य नरहेको कुनै कारण भए स्पष्ट आधारसहित उजुरी गर्न सबैमा आग्रह गरेको छ । उजुरी पुस ११ गते कार्यालय समयभित्र सोझै उपस्थित भएर या फोन तथा इमेलमार्फत् पठाउन सकिने समितिले जनाएको छ ।

उजुरीकर्ताले स्पष्ट परिचय खुलाएर उजुरी दिनुपर्नेछ । उजुरीकर्ताले चाहेमा परिचय गोप्य राखिने भन्दै आयोगले ढुक्क भएर उजुरी गर्न आह्वान गरेको छ ।

उजुरीको अवधि सकिएपछि समितिले सुनुवाइको समय तोकेर त्यसबारे छलफल गर्नेछ । समितिसँग अनुमोदन गर्ने या अस्वीकृत गर्ने दुवै अधिकार छ । यसअघि परिषद्ले दीपकराज जोशीको नाम  सिफारिस गरे पनि अस्वीकृत भएको थियो । यद्यपि, यसपटक राणाको विकल्प नै नभएकाले उनको नाम अनुमोदन हुने पक्कापक्की जस्तै छ ।

समितिबाट प्रधानन्यायाधीशको नाम अनुमोदनपछि राष्ट्रपतिले नियुक्ति गर्ने प्रावधान छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?