Comments Add Comment

काठ तस्कर गर्दै गरेका दुईजना पक्राउ

८, पुस, चितवन । चितवनको नवजागृति सामुदायिक वनबाट काठ तस्करी गर्दागर्दै दुई जना पक्राउ परेका छन् ।

भरतपुर महानगरपालिका ११ मा रहेको नवजागृति सामुदायिक वनमा गएराति साढे एक बजे काठ तस्कर गर्दै गरेका कालिका नगरपालिका गौरीगाउँका विवेक तामाङ र सगुन टोलका किसान तामाङ पक्राउ परेका हन् ।

उनीहरुसँगै करिब ३ क्यूफिट सालको काठ र काठ तस्करीमा प्रयोग भएको ना १ ह ५१६८ नम्बरको गाडीसमेत नियन्त्रणमा लिइएको छ । खगेरी खोलाबाट २ सय मिटर पश्चिमतर्फ नवजागृति वनको संरक्षित वनमा काठ तस्कर गर्दै गरेको अवस्थामा सामुदायिक वनको गस्ती टोली र जिल्ला प्रहरी कार्यालय चितवनको टोलीले पक्राउ गरेको हो ।
तस्कर भएको ठाउँबाट करिब ९० क्यूफिट सालको काठ हराएको नवजागृति सामुदायिक वनका अध्यक्ष पुस्तक गौतमले दावी गरे । यसअघि पनि काठ तस्करमा प्रयोग हुने मोटरसाइकल र अटो गस्ती टोलीले नियन्त्रणमा लिएको थियो । तर, तस्करीमा संलग्नहरुलाई भने पक्राउ परेका थिएनन् ।

काठ तस्करमा संलग्न र काठ जिल्ला वन कार्यालय चितवनमा बुझाइएको छ । काठ तस्करीमा संलग्नलाई वन ऐन २०४९ र नियमावली २०५१ बमोजिम कारवाही हुने जिल्ला वन कार्यालय चितवनका निमित्त डिभिजन वन अधिकृत कृष्ण पौडेलले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment