+
+

कालीकोट आगलागी पीडितका लागि कर्णाली सरकारद्वारा राहत घोषणा

अनलाइनखबर अनलाइनखबर
२०७५ पुष ९ गते १२:२४

९ पुस, काठमाडौं । कालीकोटको पलाता गाउँपालिका-१ खाडा गाउँस्थित न्यौपाने बस्तीमा सोमबार बिहान भएको आगलागीको घटनाप्रति कर्णालीका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले दुःख व्यक्त गरेका छन् ।

आगलागीमा परी घाइते भएकाहरुको स्वास्थ्यलाभको कामना गर्दैै मुख्यमन्त्री शाहीले उनीहरुको उपचारमा कमी हुन नदिने सम्बन्धित निकायलाई निर्देशनसमेत दिएका छन् ।

आगलागीबाट पशुचौपाए तथा भौतिक संरचनाको ठूलो क्षती भएपछि मुख्यमन्त्री शाहीको निर्देशनमा आन्तरिक मामिला तथा कानून मन्त्रालयलेे तत्कालीन राहत स्वरुप प्रतिघरधुरी २० हजार नगद, आवश्यक लत्ता कपडा र खाद्यान्न उपलब्ध गराउने निर्णय गरेको छ ।

साथै प्रदेश सरकारले पीडितहरुलाई थप राहत र पुनर्स्थापनामा सहयोग गर्न केन्द्र सरकारलगायत अन्य संघसंस्थाहरुलाई आग्रह गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?