+
+
Shares

मेलम्चीको समस्या समाधान गर्न सरकार संवेदनशील छः मन्त्री मगर

अनलाइनखबर अनलाइनखबर
२०७५ पुष ९ गते १३:३१

९ पुस, काठमाडौं । खानेपानीमन्त्री विना मगरले मेलम्ची खानेपानी आयोजनामा देखिएको समस्या समाधान गर्न सरकार संवेदनशील भएको भन्दै संयमित भएर लागिपर्ने बताएकी छन् ।

‘मेलम्चीको समस्या समाधान गर्न सरकार संवेदनशील छ । यसको फाइदा अरु पक्षले लिन नपाओस् भन्नेमा पनि सरकार सचेत छ ।’ उनले भनिन् । विज्ञहरुको परामर्शको आधारमा आयोजनामा देखिएको समस्या समाधान गरिने मन्त्री विनाले बताइन् ।

वास मिडिया फोरम, नेपालको सोमबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले इटालियन ठेकदार कम्पनी ‘सीएमसी’बाटै आयोजनाको काम सम्पन्न गर्न तयार रहेको भन्दै त्यसका लागि विश्वसनीय वातावरण बनाउन कम्पनीलाई आग्रह गरेकी छन् ।

सीएमसी कम्पनीको अविश्वासका कारण आयोजनाको काम पछिल्लो समयमा आएर अघि बढ्न नसकेको उनले बताइन् ।

फलताको मुखैमा आइसकेको आयोजनाको बाँकी काम सम्पन्न गर्न सरकार लालायित रहेको मन्त्री मगरको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?