Comments Add Comment

नेपालसँग १५ सय मेगावाट विजुली खरिद गर्ने भारतीय कम्पनीको प्रस्ताव

९ पुस, काठमाडौं । भारतको एनटीपसी विद्युत ब्यापार निगम (एनभीभीएन)ले नेपालसँग १५ सय मेगावाट विजुली खरिद गर्ने प्रस्ताव गरेको छ । दिर्घकालीन रुपमा विजुली किन्ने गरी भारतले प्रस्ताव गरेको हो ।

ऊर्जामन्त्री वर्षमान पुन अनन्तले एनभीभीएनको प्रस्तावले नेपालमा विजुली उत्पादन गर्दा बजारको अभाव हुँदैन भन्ने प्रष्ट पारेको बताए । एनभीभीएन भारतीय सरकारी स्वामित्वको नोडल एजेन्सी हो ।

जसमार्फत नेपालले भारतसँग विजुली पनि किनिरहेको छ । एनभीभीएनले भारतीय कम्पनी जीएमआरले माथिल्लो कर्णालीबाट उत्पादन गर्ने ५ सय मेगावाट विजुली खरिद गरेर बंगलादेश पठाउन खोजेको छ ।

यस्तै उसले अन्य आयोजनाबाट नेपालमा भविष्यमा उत्पादन हुने विजुली पनि बिन्ने इच्छा देखाएको हो ।

मन्त्री पुनले भारतले ल्याएको नयाँ विद्युत आयात-निर्यात निर्देशिकाले भारतमा मात्रै नभएर बंगलादेशसँग पनि विजुली बेच्ने बाटो खुलेको बताए ।

उनले बंगलादेश पनि नेपालबाट विजुली किन्न तयार रहेको भन्दै अब बंगलादेशसँग जोडिने गरी प्रसारणलाइन निर्माण गर्ने योजना बनेको बताउँछन् ।

‘यसका लागि भारतसँग पनि छलफल हुन्छ,’ उनले भने,’अब भारतले विजुलीलाई रणनीतिक वस्तुबाट हटाएर ब्यापारिक वस्तुको सूचीमा राखेको छ । यसले हामीलाई क्षेत्रीय रुपमा विजुली ब्यापार गर्छ सहज वातावरण बनाउँछ ।’

यो पनि पढ्नुहोस नेपालको नजर अब भारतसँग ‘इनर्जी बैंकिङ’तर्फ
उनले माथिल्लो कर्णालीको बिजुली किन्ने प्रस्ताव बंगलादेशको मन्त्रिपरिषदमा पुगिसकेको भन्दै यस्ता कदमले नेपालमा जलविद्युत क्षेत्रमा लागि भित्र्याउन सहयोग पुग्ने बताए ।

अहिलेसम्म नेपालले भारतबाट विजुली आयात गरिरहेको छ । माथिल्लो तामाकोशीबाट विजुली उत्पादन सुरु भएपछि भारतमा बिजुली बेच्न सकिने अवस्था आउने सरकारको दावी छ ।

सरकारले आधारभूत तहमा अहिलेभारतसँग वर्षा याममा बढी भएको बिजुली भारतलाई दिएर त्यति नै परिमाणमा सुख्खा याममा भारतबाट आयात गर्ने गरी इनर्जी बैंकिङको प्रस्ताव गरेको छ ।

तर, भारतीय कम्पनीले अब बन्ने ठूला आयोजनाबाट विजुली किनेर लैजान अहिलेदेखि नै प्रस्ताव गर्न थालेका छन् । हाल भारत सरकारको लगानीमा नै अरुण तेस्रो आयोजना पनि बन्दैछ ।[

यो पनि पढ्नुहोस कुन मोडलमा बन्ला बुटवल-गोरखपुर प्रसारणलाइन ?
यो पनि पढ्नुहोस नेपालबाट भारतले बिजुली किन्ने बाटो खुल्यो

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment