+

कीर्तिमानी जितपछि मनाङका प्रशिक्षकले भने – लक्ष्यमा पुग्यौं

२०७५ पुष  १२ गते १७:२६ २०७५ पुष १२ गते १७:२६
कीर्तिमानी जितपछि मनाङका प्रशिक्षकले भने – लक्ष्यमा पुग्यौं

१२ पुस, काठमाडौं । लगातार ११ औं खेलमा पनि जित हात पार्दै आठौं पटक शहीद स्मारक ए डिभिजन लिग फुटबलको उपाधि जितेको मनाङका प्रशिक्षक सुमन श्रेष्ठले लिग सुरु हुनुभन्दा अगाडि क्लबले बनाएको लक्ष्यमा पुगेको बताएका छन् ।

ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा बिहीबार भएको खेलमा संकटा क्लबलाई ३–१ गोलअन्तरले पराजित गर्दै मनाङले दुई खेल अगावै लिगको उपाधि उचालेको हो । मनाङलाई उपाधि दिलाएपछि मुख्य प्रशिक्षक सुमन श्रेष्ठले पोष्ट म्याच कन्फ्रेन्समा आफ्नो टिमले लक्ष्य भेटाएको बताए ।

उनले भने, ‘हाम्रो लक्ष्य जुन थियो, पूरा भयो । सुरुसुरुमा हामीले जुन तरिकाले खेल्यौ, सोचेको जस्तो भएको थिएन । आजको खेल हाम्रो लागि फाइनल जस्तै थियो । हामी सफल भयौ । खुशी लाग्यो ।’

उनी थप्छन्, ‘संकटाले पहिलो हाफमा निकै राम्रो खेल्यो । हामीले दबाबमा खेल्यौ । तर दोस्रो हाफमा निकै राम्रो खेल्यौ । तीन चार वटा गोल हुने अवस्थामा पनि गोल गर्न सकिएन ।’

यता, संकटाको लक्ष्य भने लिगमा शीर्ष पाँचभित्र पर्ने थियो । लक्ष्य भन्दा पनि राम्रो प्रदर्शन गर्न थालेपछि संकटाको पनि उपाधि जित्ने सपना बनेको थियो ।

मनाङलाई पराजित गरे उपाधि जितिन्छ भनेर संकटाले निकै राम्रो खेल्ने प्रयत्न गरेको थियो । तर असफल भयो ।

यसबारे संकटाका प्रशिक्षक सल्यान खड्गी भन्छन्, ‘हाम्रो लक्ष्य सुरुमा शीर्ष पाँचमा पुग्ने थियो । तर हामीले खेलहरु जित्दै गयौं ।  बिहीबारको खेलमा मनाङलाई जितेको भए उपाधि जितिन्छ भन्ने लागेको थियो ।’

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय