Comments Add Comment

कर्मचारी आन्दोलनले प्रधानन्यायाधीशको सुनुवाई प्रभावित

१५ पुस, काठमाडौं । कर्मचारीहरुको आन्दोलनका कारण संसदीय सुनुवाई विशेष समितिमा प्रस्तावित प्रधानन्यायाधीश चोलेन्ऽसमशेर जबराको सुनुवाई प्रभावित भएको छ ।

सुनुवाई समितिले आइतबार प्रस्तावित प्रधानन्यायाधीशलाई दिउँसो २ बजे बोलाइएको थियो ।

बैठकको सुरुमा जबराले १५ बुँदे आफ्नो कार्ययोजना पेश गरे । लगतै सांसदहरुले प्रश्नहरु राख्ने क्रम सुरु भयो । अपराहृनको ४ बज्नै लाग्दा सभापति लक्ष्मणलाल कर्णले अब तीन मिनेट मात्र बाँकी छ भएको सूचना दिए, जतिबेला बैठकको सञ्चार कक्षमा जम्मा भएका कर्मचारीहरु हेरिरहेका थिए ।

सांसदहरुले सुनुवाई प्रक्रिया जारी राख्न चाहेपनि सभापति कर्णले कर्मचारीहरुको आन्दोलनका कारण यो सम्भव नभएको भन्दै बाँकी छलफल भोलि ११ बजेलाई तोके ।

तर, कांग्रेस सांसद ज्ञानेन्द्रबहादुर कार्कीले भोलि मेलमिलाप दिवसको कार्यक्रममा व्यस्त हुने भएकाले आफूहरु उपस्थित हुन नसक्ने बताएपछि पर्सि ११ बजेलाई बैठक राखिएको छ । जबराले पनि पर्सि नै जवाफ दिनेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment