Comments Add Comment

गंगालालपछि ह्याम्समा थ्रीडी म्यापिङ सुरु

१७ पुस, काठमाडौं । धुम्बाराहीस्थित ह्याम्स अस्पतालले मुटुको चालसम्बन्धी सबैखाले उपचार गर्ने अत्याधुनिक मेसिन थ्रीडी म्यापिङ भित्र्याएको छ ।

गंगालाल अस्पतालपछि यो सुविधा उपलब्ध गराउने ह्याम्स पहिलो निजी अस्पताल बनेको छ ।

ह्याम्सले मुटेको चाल गडबडसम्बन्धी उपचार सेवा हुने ‘थ्रीडी म्यापीङ्ग’ सेवा थालेको हो । अस्पतालले जारी गरेको विज्ञप्तिमा उक्त सेवाको नेतृत्व डा.रोशन राउतले गरेका छन् ।

उक्त प्रवीधिबाट २ जना बिरामीको उपचारसमेत भइसकेको विज्ञप्तिमा छ । यस मेसिनमार्फत् मुटुको चालसम्बन्धी साधारणदेखि जटिल सबै खालको उपचार गर्न सकिने विशेषज्ञ चिकित्सकले बताएका छन् ।

उक्त सेवा शहीद गंगालाल अस्पतालपछि ह्याम्समा सुरु गरिएको अध्यक्ष आर एस भण्डारीले जानकारी दिए । वरिष्ठ मुटुरोग विशेषज्ञ भगवान कोइराला, डा. अर्जुन कार्कीको नेतृत्वमा मुटुसम्बन्धी सम्पूर्ण रोगको उपचार उक्त अस्पतालमा सुरु भएको हो ।

डा.रोशन रावत थ्रीडी प्रबिधिको सहायताले मुटुको चाल गडबडीसम्बन्धी उपचार गर्ने नेपालको एकमात्र चिकित्सक मानिन्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment