Comments Add Comment

सल्यानको जंगलमा बेवारिसे फेला परेका युवकको अस्पतालमा मृत्यु

१९ पुस, खलंगा । सल्यानको जंगलमा बेवारिसे अवस्थामा फेला परेका एक व्यक्तिको उपचारको क्रममा मृत्यु भएको छ ।

यही पुस १५ गते साँझ करिब साढे ७ बजेतिर सल्यानको शारदा नगरपालिका वडा नं. १२ स्थित धारखानी जंगलमा अन्दाजी २५-२६ वर्षीय युवक अचेत अवस्थामा फेला परेका थिए । उनलाई स्थानीयबासीले उद्धार गरी खलंगा जिल्ला अस्पतालमा उपचारका लागि लगेका थिए ।

उनको पुस १७ गते उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ । शव सल्यान जिल्ला अस्पतालको शवगृहमा राखिएको छ । उनका आफन्तहरु कोही पनि सम्पर्कमा नआएकाले सनाखत हुन सकेको छैन ।

जिल्ला प्रहरी कार्यालय सल्यानले शवको पहिचानमा सहयोग गरिदिन सबैलाई अनुरोध गरेको छ । साथै मृतकलाई चिन्ने तथा निजको आफन्तहरु कोही भए जिल्ला प्रहरी कार्यालय सल्यानमा सम्पर्क राख्न पनि अनुरोध गरेको छ ।

अथवा जिल्ला प्रहरी कार्यालय सल्यानको फोन नम्बर ९८५७८९००७७ मा फोन पनि गर्न सकिने प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment