+
+
WC Series
Won सुदूरपश्चिम रोएल्स 2025
169/4 (20)
VS
Sudurpaschim Royals won by 49 runs
चितवन राइनोज 2025
120/10 (17.1)
Shares

उपसमितिको प्रतिवेदन नसच्याए अनसन बस्छुः डा. केसी

अनलाइनखबर अनलाइनखबर
२०७५ पुष २३ गते १०:२२

२३ पुस, काठमाडौं । प्रा. डा. गोविन्द केसीले शिक्षा तथा स्वास्थ्य समितिको प्रतिवेदन सच्याउन माग गरेका छन् । नभए अनसन बस्ने उनको चेतावनी छ ।

उपसमितिले आइतबार मात्र डा. केसीसँग भएको सहमति विपरित चिकित्सा शिक्षा विधेयकसम्बन्धी प्रतिवेदन पास गरेको थियो । प्रतिवेदनमा कांग्रेस सांसद गगन थापोल फरक मत राखेका छन् । यो प्रतिवेदन आज पूर्ण पेश हुँदैछ ।

सोमबार विहान पत्रकार सम्मेलन गरी सम्झौता विपरित प्रतिवेदन तयार भएमा आपत्ति जनाए । ‘शिक्षा तथा स्वास्थ्य समितिकी सभापतिले सार्वजनिक रुपमै हामीसँग भएको सम्झौता अनुरुप नै विधेयक पारित हून्छ भनेकाले हामीले सत्याग्रहका कार्यक्रम पुस २५ सम्म्का लागि सारेका थियौं’ उनले भनेका छ्न्, ‘हामीसँग भएको सम्झौता विपरित उपसमितिले बनाएको प्रतिवेदन अबिलम्ब सच्याउन समितिलाई माग गर्दछौं । अन्यता हामीले दिएको समयसीमा भन्दाअगाडि नै सत्याग्रह सुरु गर्न बाध्य हुनेछौं ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?