Comments Add Comment

नेपाली महिला क्रिकेट टिम थाइल्यान्ड प्रस्थान

२७ पुस, काठमाडौं । थाइल्यान्ड महिला टी–ट्वान्टी स्मास क्रिकेट प्रतियोगिता खेल्ने नेपाली क्रिकेट टिम त्यसतर्फ प्रस्थान गरेको छ ।

नेपाली महिला क्रिकेट टिम आज दिउँसो थाइल्यान्डतर्फ प्रतियोगिता खेल्न प्रस्थान गरेको हो । नेपाली टिममा कप्तान रुविना क्षेत्रीसँगै उपकप्तान सिता रानामगर, करुणा भण्डारी, सरिता मगर, नेरी थापा, इन्दु बर्मा, सोनु खड्का, आरती विडारी रहेका छन् । त्यस्तै, काजल श्रेष्ठ, रोमा थापा, कविता कुंवर डोली भट्ट ममता कुमारी चौधरी र विन्दु रावल पनि टिममा छन् ।

प्रशिक्षकमा विनोद दास, टिम म्यानेजरमा अमृता पौडेल र फिजियोमा सकुना दानी रहेका छन् ।

समूह एमा नेपाल, थाइल्यान्ड ए, युएई, चीन र मलेसिया रहेका छन् । त्यस्तै, समूह बी मा थाइल्यान्डसँगै हङकङ, भुटान, इन्डोनेसिया र म्यानमार रहेका छन् ।

यसअघि जारी गरेको खेल तालिकामा केही फेरदबल भएको छ । अन्य केही टिमको अनुपस्थितिमा खेल तालिका परिमार्जन भएको हो । अब नेपालले आफ्नो पहिलो खेलमा १२ तारिखमा चीनसँग प्रतिस्पर्धा गर्नेछ ।

त्यस्तै, १३ तारिखमा मलेसिया र १४ तारिखमा आफ्नो तेस्रो खेलमा नेपालले युएईसँग प्रतिस्पर्धा गर्नेछ । समूह चरणको अन्तिम खेलमा नेपालले १६ तारिखमा आयोजक थाइल्यान्ड ए टिमसँग प्रतिस्पर्धा गर्न छ ।

आईसीसी महिला टी–ट्वान्टी विश्वकपअन्तर्गत एसिया छनोट क्रिकेट प्रतियोगिता आगामी फेब्रुअरी १८–२७ तारिखसम्म थाइल्यान्डले आयोजना गर्दैछ । आईसीसी महिला टी–ट्वान्टी विश्वकपअन्तर्गत एसिया छनोट क्रिकेट प्रतियोगिताको लागि तयारीको रुपमा ‘थाइल्यान्ड महिला टी–ट्वान्टी स्माश क्रिकेट प्रतियोगिता’ लाई नेपालले हेरेको छ ।

आईसीसी महिला टी–ट्वान्टी विश्वकपको लागि एसिया छनोटमा आयोजक थाइल्यान्डसँगै नेपाल, चीन, हङकङ, कुवेत, मलेसिया र युएई गरी सात टिमले भाग लिदै छन् । यो प्रतियोगिता राउण्ड रोविनमा हुनेछ ।

एसिया क्षेत्रबाट विजेता बनेको राष्ट्रले आईसीसी महिला टी–ट्वान्टी विश्वकप छनोट २०१९ र आईसीसी महिला विश्वकप २०२० को छनोट खेल्न पाउने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment