Comments Add Comment

अपर तामाकोशीको सेयर कारोबार रद्द

३० पुस, काठमाडौं । अपर तामाकोशी हाइड्रोपावरको सेयर कारोबार रद्द गरिएको छ ।  अस्वभाविक तरिकाले अपर तामाकोशीको सेयर कारोबार बढेको भन्दै नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले कारोबार रद्द गरेको हो ।

कम्पनीको सोमबार एकैदिन ५० प्रतिशत अर्थात एकसय १२ रुपैयाँले सेयर मूल्य बढेको थियो ।  २ सय २४ रुपैयाँबाट ५० प्रतिशत बढेर ३ सय ३६ रुपैयाँ सेयर मूल्य बढेपछि नेप्सेले कारोबार रद्द गरेको हो ।

अस्वभाविक तरिकाले मूल्य बढेपछि कारोबार रद्द गर्नु परेको नेप्सेले जनाएको छ । नेप्सेद्वारा जारी सूचनामा भनिएको छ, ‘प्राविधिक कारणले आज मिति २०७५/०९/३० गते रेन्जभन्दा बाहिर गएर भएको माथिल्लो तामाकोसी जलविद्युत कम्पनी लिमिटेडको कारोबार रद्द गरिएको छ ।’

नेप्सेले कारोबार रद्द गरेको जानकारी दिए पनि वेबसाइटमा कम्पनीको सेयर मूल्य भने ३ सय ३६ रुपैयाँ देखाइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment