Comments Add Comment

ग्यास सिलिण्डर पड्किँदा दम्पत्ति घाइते

३० पुस, वीरगञ्ज । वीरगञ्ज महानगरपालिका–११ श्रीपुरमा ग्यास सिलिन्डर पड्कदा एक दम्पत्ति घाइते भएका छन् । स्थानीय हिरा महतो धानुकको घरमा ग्यास सिलिण्डर पड्किँदा उनको छोरा ३५ वर्षीय जगनाथ महतो धानुक र बुहारी ३० वर्षीया सनिती देवि घाइते भएका हुन् ।

घाइते मध्ये सनितीको अवस्था गम्भीर छ । उनको घुाडादेखि मुखसम्म शरीरको अगाडिको भाग जलेको छ । वीरगञ्जको नारायणी उपक्षेत्रिय अस्पतालमा समान्य उपचारपछि उनलाई थप उपचारका लागि काठमाडाैं रिफर गरिएको छ भने जगनाथको नारायणी उपक्षेत्रीय अस्पताल वीरगञ्जमै उपचार भइरहेको वडा प्रहरी कार्यालय श्रीपुरका प्रमुख प्रहरी निरीक्षक चक्र बहादुर मल्लले जानकारी दिए ।

सानो सिलिण्डर ग्यास  (४/५ लिटरको ) बालेर खाना पकाउँदै गर्दा बिहान साढे १० बजे सिलिन्डर पड्केको थियो । घरको एउटा कोठामा क्षति पुगेको र क्षतिको विवरण संकलन भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment