Comments Add Comment

कांग्रेस नेताका नामको अस्पताल विघटन प्रयासविरुद्ध आन्दोलन गर्छौ : प्रदीप पौडेल

१ माघ, तनहुँ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले कांग्रेसका शीर्ष नेताहरुको नाममा स्थापना भएका अस्पताल विघटन गर्न खोज्ने सरकारी प्रयासविरुद्ध आन्दोलन गर्ने बताएका छन् । गृह जिल्ला तनहुँमा उनले यसविरुद्ध कांग्रेसले आन्दोलन थाल्ने बताएका हुन् ।

विगतमा सरकारले कांग्रेसका तत्कालीन सभापति एव पूर्वप्रधानमन्त्रीद्वय गिरिजाप्रसाद कोइरालाको नाममा तनहुँमा र सुशील कोइरालाको नाममा बाँकेमा अस्पताल स्थापना गरेको थियो । तर ती दुई स्वास्थ्य संस्था केन्द्र सरकार मातहतमा नराखी सरकारले विघटनको प्रक्रिया अघि बढाएको भन्दै कांग्रेसले आपत्ति जनाएको हो ।

गिरिजाप्रसाद कोइराला नाममा राष्ट्रिय स्तरको श्वासप्रश्वास अस्पतालका लागि ७ सय ५० रोपनी जग्गा छुट्याई काम समेत भइरहेको उनले बताए । स्थानीय सेती गंगा सामुदायिक अस्पताललाई समेत उक्त अस्पतालमा गाभेर अहिले दैनिक दुई सयले सेवा लिइरहेको अवस्थामा हठात् अस्पताल विघटन गर्ने तयारी गरेर सरकारले अधिनायकवादी सोच देखाएको उनले आरोप लगाए ।

पौडेलका अनुसार उक्त अस्पतालका लागि बजेट, कर्मचारीको दरबन्दी सहित सरकारी मापदण्दको फार्मेसी समेत सञ्चालनमा आइसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment