Comments Add Comment

प्रदेश सरकारको बिदा कार्यान्वयनमा जटिलता : प्रदेशभित्रकै कार्यालयहरु खुला

२ माघ, बुटवल । प्रदेश सरकारले दिने गरेका सार्वजनिक बिदा कार्यान्वयनमा जटिलता देखिएको छ । प्रदेश ५ सरकारले माघीका अवसरमा प्रदेशमा दुईदिन सार्वजनिक बिदा घोषणा गरेपनि अधिकांश कार्यालयहरू भने खुला नै छन् ।

प्रदेशको बिदाबारे ती कर्मचारीलाई जानकारी त छ तर आफ्नो कार्यालयमा भने त्यो बिदा कार्यान्वयन नभएकोमा उनीहरु अचम्ममा पनि परेका हुन् ।

प्रदेश ५ मा संघ मातहत रहेका अधिकांश सरकारी कार्यालय, बैंक तथा बित्तिय संस्थाहरुले बिदा मानेनन् । यसले प्रदेशमा रहेका संघ मातहतका कार्यालय र प्रदेश सरकारबीच अधिकारबारे द्वन्द्व देखा परेको छ ।

यसअघि पनि गणतन्त्र दिवसमा प्रदेश सरकारको बिदा कार्यान्वयन भएको थिएन । कार्यालयहरु जिल्ला प्रशासन कार्यालय, अदालत, सरकारी वकिल, निर्वाचन, मालपोत,नापी, हुलाक कार्यालयसहित सुरक्षा निकाय र नेपाल टेलिकममा नियमितजस्तै काम भइरहेको छ । नेपाल बैंक, राष्ट्र बैंक, राष्ट्रिय वाणिज्य बैंकसहित निजी क्षेत्रका बैंक तथा वित्तिय संस्थाहरु खुलै छन् ।

प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले अन्तर समन्वय परिषद् बैठकमा प्रदेश सरकारले दिने बिदामा संघ मातहत रहेका कार्यालय बन्द गर्ने सहमति भएको जानकारी पनि गराए ।

नेपाल राष्ट्र बैंक सिद्धार्थनगरका निर्देशक अशोककुमार पौडेलले राष्ट्र बैंक केन्द्रीय कार्यालयबाट बिदा गर्नु भन्ने पत्र नआएकाले बिदा नगरेको बताए ।

नेपाल सरकारले सार्वजनिक बिदा दिएको बाहेक अन्य दिन बिदा गर्नेबारे आफुहरुलाइ नेपाल राष्ट्र बैंकले कुनै जानकारी नगराएको उनको भनाइ छ ।

ओम डेभलपमेन्ट बैंक बुटवल कार्यालयका प्रमुख अर्जुन ज्ञवाली भन्छन्-‘राष्ट्र बैंकको निर्देशन बिना हामीले आफैले बैंक बन्द गर्न मिल्दैन ।’

संघीय सरकार,प्रदेश सरकार र नेपाल राष्ट्र बैंकको स्पष्ट समन्वयमा नयँ सालको क्यालेन्डर प्रकाशन गर्दा नै समन्धित क्षेत्रको अति आवश्यकताका आधारमा बिदा दिने वा नदिने निर्णय गरेमा यस्तो समस्या आउने थिएन । बैंकका प्रमुख ज्ञवालीको सुझाव छ ।

प्रदेश ५ सरकारका प्रवक्ता तथा भौतिक पूर्वाधार विकासमन्त्री वैजनाथ चौधरीले बिदा कार्यान्वयनमा प्रदेश र संघबीच समन्वय हुनुपर्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment