Comments Add Comment

रानीपोखरीको बेहाल, ९ महिनाको काममा ३ वर्षसम्म अलमल

२ माघ, काठमाडौं । रानीपोखरीको पुनर्निर्माणको राष्ट्रपति विद्यादेवी भण्डारीबाट शिलान्यास भएको बुधबार ३ वर्ष बित्यो । २०७३ को तिहारका लागि खुला गर्ने भन्दै शिलान्यास भएको रानीपोखरी अहिले जीर्ण, जर्जर र कुरुप अवस्थामा छ ।

रानीपोखरी पुनर्निर्माणको जिम्मा काठमाडौं महानगरको हातमा छ । तर, ९ महिनामा बनाइसक्ने भनेर काम सुरु भएको रानीपोखरी पुनर्निर्माणमा महानगरपालिकाले हेत्रलचेक्र्याइँ र ढिलासुस्ती गर्‍यो ।

यो तीन वर्ष रानीपोखरी विवादमै रुमल्लियो । रानीपोखरीको बालगोपालेश्वर मन्दिर पुनर्निर्माणमा ०७३ सालमा काठमाडौं महानगरपालिकाले छडसहित कंक्रिट प्रयोग गर्‍यो । सम्पदाविद र युनेस्कोको आपत्तिपछि काम रोकेर पुरातत्व विभागले नै मन्दिरको जिम्मा लियो ।

महानगरपालिकाले पोखरीमा फेरि कंक्रिट प्रयोग गर्‍यो । पोखरीमा पानी अड्याउन भन्दै कंक्रिटकै पर्खाल लगाइयो । यसबाट उत्पन्न लामो विवाद रानीपोखरीलाई प्राचीन मल्लकालीन शैलीमै निर्माण गर्ने सहमतिका साथ भर्खरै सल्टिएको छ ।

यो पनि पढ्नुहोस भूकम्पपछिको पुनर्निर्माण : सकिएला त अब दुई वर्षमा ?

बल्ल विज्ञ समूहको अध्ययनका आधारमा रानीपोखरीबीचको बालगोपालेश्वर मन्दिरको पुनर्निर्माण ग्रन्थकुट शैलीमा निर्माण गर्ने सहमति भएको छ ।


विगतबाट प्राप्त प्रमाण तथ्य, नागरिकको जनभावना र रानीपोखरी पुनर्निर्माणको अनिश्तिता लगायतलाई ध्यानमा राखेर ग्रन्थकुट शैलीमा नै जाने निर्णय भएको छ । र, महानगरपालिकाले चौंथो पटक रानीपोखरी पुनर्निर्माणको टेण्डर गरेको छ ।

पुरतत्व विभागले अब मन्दिरलाई ग्रन्थकुट शैलीमा पुननिर्माण गर्न तयारी गर्दैछ । विज्ञ समूहको प्रतिवेदन अनुसार रानीपोखरीको बालगोपालेश्वर मन्दिर प्रताप मल्लको कालमा ग्रन्थकुट शैलीमा बनेको पाइएको छ । यसलाई शिखर शैली पनि भनिन्छ ।

जंगबहादुर र जुद्ध शम्शेरको पालामा पनि रानीपोखरीको स्वरुपमा हेरफेर भएको पाइएको छ । विज्ञ समूहका सदस्य एवं सम्पदाविद् सुदर्शनराज तिवारीका अनुसार वि.सं. १८९० को भँइचालोले शिखर शैलीको मन्दिर ढल्यो । पछि जंगबहादुरले गुम्बज शैलीमा बनाए ।

यो पनि पढ्नुहोस राष्ट्रिय भूकम्प दिवस : खोई अनुसन्धान, खोई सावधानी ?

१९९० सालको भूकम्पले फेरि रानीपोखरीमा क्षति भयो । त्यसलाई जुद्ध शम्शेर बनाए तर, गुम्बज शैलीमा केही परिर्वतन गरे । र गुम्बज शैलीमा बनाए । जुन शैली १२ बैशाख २०७२ को भूकम्प अघिसम्म कायम थियो ।

सुरुमा काठमाडौं महानगरपालिकाले कंक्रिट प्रयोग गरेको भन्दै युनेस्कोले विरोध गरेपछि मन्दिरको पुनर्निर्माण पुरातत्व विभाग आफैंले गरिरहेको छ ।

विभाग स्रोतका अनुसार ग्रन्थकुटमा जाने निर्णय भएकाले अब अहिले भइरहेको पुनर्निर्माण रोकेर मन्दिरको हालसम्म बनेको संरचनालाई केही सच्याउनुपर्छ । पोखरीको पुनर्निर्माण महानगरपालिकाले गर्ने भनिएको छ, तर, अझै कहिले काम सुरु भएर कहिले सकिन्छ भन्ने टुंगो छैन ।
तस्वीरःचन्द्र आले

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment