Comments Add Comment

नागरिक सहायताविना प्रहरीले कुनै दायित्व पूरा गर्न सक्दैन : आईजीपी खनाल

६ माघ, काठमाडौं । प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले नागरिकको सहायताविना प्रहरीले कुनै पनि दायित्व पूरा गर्न नसक्ने बताएका छन् ।

आइतबा बिहान काठमाडौं प्रहरी परिसर, टेकुमा निर्मित नागरिक सहायता कक्षको उद्घाटन गर्दै उनले नागरिकको सहायोग नभए प्रहरीले अपराध अनुसन्धान लगायतका दायित्व पूरा गर्न नसक्ने बताएका हुन् ।

उनले नेपालमा प्रहरी र नागरिक समाजबीचको सम्बन्ध विकसित देशहरुको भन्दा बढी सुमधुर रहेको पनि स्मरण गराए ।

प्रहरीले शान्ति सुरक्षालाई सुदृढ बनाउने र समाजको विकासमा पनि योगदान गर्दै लैजाने योजना एकैसाथ अघि बढाउन चाहेको समेत उनको भनाइ थियो ।

सोही अवसरमा उनले नेपाल प्रहरीले सार्वजनिक यातायातमा हुने महिला तथा बालबालिकामाथिको हिंसा अन्त्यका लागि पनि अभियान नै सञ्चालन गर्ने पनि घोषणा गरे ।

उनले त्यसका लागि महिला संजाल र महिला तथा बालबालिकाको क्षेत्रमा कार्यरत संघ, संस्थाहरुसँग सहकार्य गरेर अघि बढने योजना रहेको जनाए ।

नेपाल बंगलादेश बैंकको १९ लाख ५० हजार आर्थिक सहायतामा भवन बनेको परिसरले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment