Comments Add Comment

रक्सीको लत : ५० वर्ष नपुग्दै ज्यान गुमाउने वस्ती

Photo Credit : गजेन्द्रनारायण सिंह सगरमाथा अंचल अस्पतालमा उपचाररत बिरामी / अनलाइनखबर

८ माघ, सप्तरी । राजविराज- ६ कारागार टोलका ४३ वर्षीय देबु मेहतर गजेन्द्रनारायण सिंह सगरमाथा अंचल अस्पतालमा सिकिस्त अवस्थामा छन् । सोही ठाउँका भोला मेहतर (४६) पनि सोही अस्पतालमा छन् । उनको पनि अवस्था गम्भीर छ ।

अत्यधिक मदिरा सेवन गर्ने दुवैलाई सोमबार बिहान अस्पताल भर्ना गरिएको हो । दुवैको कलेजो खराब भएको, विराटनगर र धरानमा उपचार गराएपनि निको नभएकोले राजविराज फर्काएको मेहतर समुदायका अगुवा मनोज मेहतरले बताए ।

सोमबार सबैले भव्यताका साथ पुसी पूर्णिमा मनाइरहँदा कारागार टोलका मेहतर समुदाय यी दुई बिरामीलाई उपचार गराउनमै व्यस्त भए । मनोज मेहतर भन्छन्, ‘हामीले कुनै पनि चाडबाड खुशीयालीका साथ मनाउन पाइरहेका छैनौं ।’

यो वस्तीमा दुई महिनामा एकदेखि दुई जनाले ज्यान गुमाइरहेका छन्, मदिराका कारण । एक महिना अगाडि ललित मण्डल, असोजमा शिवनारायण मेहतर र त्यसअघि प्रदीप मेहतरले रक्सिकै कारण ज्यान गुमाएका थिए । यीमध्ये कोही पनि ५० वर्ष काटेका थिएनन् ।

घर मूलीहरु नै रक्सीको लतमा परेपछि परिवारका किशोर सदस्यहरु पनि त्यतै लागेको मनोज मेहतर बताउँछन् ।

यहाँका मेहतरहरु अस्पताल, नगरपालिका अन्य सरकारी अड्डा र निजी कार्यालयहरुमा पनि सरसफाइको काम गर्छन् । त्यहाँबाट हुने थोरै आम्दानी पनि स्वास्थ्यको लागि घातक घरेलु मदिरामा खर्च गर्ने गरेको मनोज मेहतर बताउँछन् । ‘रक्सिले मान्छेलाई तुरुन्त मार्दैन’, उनी भन्छन्, ‘लामो समयसम्म खानेलाई त मार्छ नै, पूरै परिवारलाई पनि बर्बाद गरिरहेको छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment