+
+

प्रदेश १ मा एकैदिन ७७० चालक र सवारीधनी कारबाहीमा

अनलाइनखबर अनलाइनखबर
२०७५ माघ ८ गते १४:२४

८ माघ, काठमाडौं । प्रदेश १ मा एकैदिन ७७० जना सवारी चालक र सवारीधनी कारबाहीमा परेका छन् ।

प्रदेशका १४ जिल्लामा सोमबार विहान ६ बजेदेखि मंगलबार विहान ६ बजेसम्म ट्राफिक नियम उल्लंघन गर्ने ७७० जना चालक र सवारीधनीलाई कारबाही गरिएको प्रदेश १ ट्राफिक प्रहरी कार्यालयले जानकारी दिएको छ ।

मादक पदार्थ सेवन गरेर सवारी चलाउने २७ जना, मोटरसाइकलमा तीनजना चढेर यात्रा गर्ने १६, विनाहेल्मेट मोटरसाइकल चलाउने ६ जना, क्षमता भन्दा बढी मालसामान ढुवानी गर्ने ८० जना कारबाहीमा परेका छन् ।

सवारी चालक अनुमतिपत्र (लाइसेन्स) नभएका ४४, लाइसेन्स नभएकालाई सवारीसाधन चलाउन दिने २८, जथाभावी पार्किङ्ग गर्ने २८ जना, रोक्न निषेधमा सवारी साधन रोकेको ५७, पार्किङ्ग निषेधमा सवारीसाधन पार्किङ्ग गरेको १२ जनालाई कारबाही गरेको ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।

यस्तै, सुरक्षा पेटी नबाधेका १२, हेल्मेटको फिता नबाध्ने १०, कागज पत्र साथमा नराखेको १७८, ट्राफिक ईशारा उल्लघंन गरेको ८, सवारीसाधनको बत्तीको अवस्था ठीक नभएको २९, तीब्र गतिमा सवारीसाधन चलाएको ४३, हर्न निषेधमा हर्न बजाएको १, ढोका खुल्ला गरी सवारीसाधन चलाएको १४, हद भन्दा बढी मालसामान ढुवानी गरेको ३८, लापरवाही साथ सवारीसाधन चलाएको १३७ र विना रुटपरमिट सवारी चलाउने दुईजना कारबाहीमा परेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?