Comments Add Comment

लाइसेन्स लिन प्रहरी कार्यालय पुगेका खरेलको मृत्यु

११ माघ,   विराटनगर । लाइसेन्स र बिलबुक लिन जिल्ला प्रहरी कार्यालय मोरङ पुगेका एक सेवाग्राहीको मृत्यु भएको छ ।

शुक्रवार बिहान जिल्ला प्रहरी कार्यालय मोरङ पुगेका विराटनगर – ४ इक्राईका अन्दाजी ४५ वर्षीय फणिन्द भनिने ध्रुव खरेलको मृत्यु भएको हो ।

लाइसन्स लिन प्रहरी कार्यालय भित्र रहेको प्रतिक्षालयमा बसिरहेका खरेल एक्कासी बेहोस भएका थिए । लगतै प्रहरीले उपचारकालागि कोशी अञ्चल अस्पताल लगेको थियो । अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय मोरङका डीएसपी घनश्याम श्रेष्ठका अनुसार मृत्युको कारण खुलेको छैन् ।

प्रतिक्षलयमा बसिरहेको अवस्थामा असहज भएपछि खरेल प्रतिक्षलयमा रहेका अन्य व्यक्तिको सहयोगमा आराम गरिरहेका थिए । तर, एक्कासी बेहोस भएपछि प्रहरीले उपचारकालागि कोशी अञ्चल अस्पताल ल्याएको थियो ।

अस्पतालमा उपचारका क्रममा मृत्यु भएको श्रेष्ठले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment