+
+
WC Series
चितवन राइनोज 2025
0/0
VS
पोखरा एभेन्जर्स 2025
0/0
Shares

भारतीय गाडी चढेर प्रदेशसभामा आए दीपक मनाङे

अनलाइनखबर अनलाइनखबर
२०७५ माघ १५ गते १५:३३

१५ माघ, पोखरा । सोमबार सपथ लिएका सांसद राजीव गुरुङ ऊर्फ दीपक मनाङे मंगलबार गण्डकी प्रदेशसभामा आउँदा सबैको ध्यान उनीतिरै खिचियो ।

मनाङे संसद पुग्दा दलबलसहित पुगेका थिए र उनले भारतीय नम्बर प्लेटको गाडी चढेर आएका थिए ।

सरकारी नम्बर प्लेटको र मन्त्रीको गाडीमात्र संसद कम्पाउन्डभित्रको पार्किङस्थलमा पुग्न पाउँछन् । भारतीय नम्बर प्लेटको गाडी संसदमा किन आउन दिइयो ? सांसदहरु नै आश्चर्यमा थिए । सुरक्षार्थ खटिएका प्रहरीले भने, ‘माननीय नै चढेर आएको गाडी कसरी रोक्ने ?’

यो पनि पढ्नुहोस् : दीपक मनाङेले लिए प्रदेश सांसदको सपथ

बीआर ०६ पिडी ९८२९ नम्बरको गाडीमा मनाङे संसद पुग्दा एक सांसदले भने, ‘संसदको कुनै मर्यादा हुन्छ कि हुँदैन । हुन्छ भने उनले अनुमति लिएका छन् कि छैनन् हेनुपर्छ ।’ तर, मनाङे आफूले दैनिक शुल्क तिरेर भारतीय गाडी चढेकोमात्रै बताएनन्, सरकारी गाडी चढेको भएमात्र प्रश्न उठाउन आग्रह गरे ।

मनाङेले यस विषयमा पत्रकारलाई उल्टै भने ‘यस्ता फाल्तु कुरामा समय नफाल्नुस् ।’ उनले अगाडि थपे ‘यो भाइहरुको गाडी हो । भाइ पनि होइन भाइको दिदीको, देशले भारतको सहयोग लिन मिल्ने मैले गाडी चढ्न पनि नपाउने ?’

प्रदेशसभा सुरक्षाका लागि खटिएका सई चन्द्रबहादुर खत्रीले आफूलाई त्यसबारे जानकारी नभएको बताए । ‘जिल्लामा खबर गरेको छु । माथिबाट आजलाई बाहिर पार्किङ गर्न पठाउने र भोलिदेखि भित्र ल्याउन नदिने भन्ने आएको छु,’ उनले भने ।

यो पनि पढ्नुहोस्  : दीपक मनाङे बने माननीय ! (फोटो फिचर) 

भारतीय नम्बर प्लेटका गाडी नेपालमा चलाउँदा दैनिक ४ सय ५० रुपैयाँ राजस्व सरकारलाई बुझाउनु पर्ने नियम छ ।

आन्तरिक मामिला तथा कानुनमन्त्री हरिबहादुर चुमानले यसबारेमा आफूले अध्ययन गरिरहेको बताए । ‘यसबारे म पनि बुझ्दैछु । ठ्याक्कै थाहा भएन । मैले पनि कानुन हेर्नैपर्छ ।’

मंगलबार नै तनहुँबाट निर्वाचित सांसद रामबहादुर गुरुङ पर्यटक गाडीमा आएका थिए ।

यो पनि पढ्नुहोस्  : मनाङेलाई सरकारको बधाई, प्रतिपक्षीले भने– दुःख लाग्यो

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?