+
+
Shares

तीन जिल्लाका प्रहरी प्रमुख फेरिए

अनलाइनखबर अनलाइनखबर
२०७५ माघ १६ गते १८:४०

१६ माघ, काठमाडौं । प्रहरी प्रधान कार्यालयले ३ जिल्लाका प्रहरी प्रमुख उपरीक्षक परिवर्तन गरेको छ । धनुषा, सिन्धुली र धादिङका प्रहरी प्रमुख फेरिएका हुन् ।

प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालको सचिवालयका अनुसार धनुषाका गोविन्द थपलियालाई प्रहरी परिसर, ललितपुरमा तानेर उनको ठाउँमा ललितपुरका एसपी शेखर खनाललाई खटाइएको छ ।

धादिङका एसपी डम्बर विकलाई महाराजगञ्जस्थित शिक्षालयमा पठाइएको छ भने उनको ठाउँमा राजकुमार वैदवारलाई पठाइएको छ ।

त्यस्तै, सिन्धुलीका एसपी रामेश्वर यादवलाई प्रहरी प्रधान कार्यालय, जगेडापुलमा तानेर चक्रबहादुर सिंहलाई उनको ठाउँमा पठाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?